२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गङ्गादशहरा मेलामा एक लाख बढी भारतीय भक्तजन

अ+ अ-

कैलाली । गङ्गादशहरा पर्वका अवसरमा धनगढी उपमहानगरपालिका-१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा लागेको धार्मिक मेलामा एक लाख बढी भारतीय भक्तजन आएका छन् ।

असार  १ देखि ५ गतेसम्म सञ्चालन भएको मेलामा एक लाख ५० हजारको हाराहारीमा भारतीय भक्तजन आएको बेहडाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए ।

बेहडाबाबामा गङ्गादशहरा मेलाका लागि छिमेकी मूलक भारतबाट प्रत्येक वर्ष दर्शनार्थी ठूलो सङ्ख्यामा आउने गरेका छन् । “वर्षौदेखि यहाँ भारतीय भक्तजन आउने गरेकामा विसं २०६२र६३ को आन्दोलन पछि भक्तजनको सङ्ख्या घटेको थियो । यसपालि सङ्ख्या बढेको छ”, अध्यक्ष जोशीले भने ।

बेहडाबाबा मन्दिरको दर्शनले मनमा शान्ति एवं इच्छाएको कुरा पुग्ने भक्तजनको विश्वास छ । यहाँ प्रत्येक वर्ष भारतको लख्खीमपुर, पलिया, पिलीभित, युपी, उत्तराखण्डलगायतका विभिन्न क्षेत्रबाट भक्तजन आउने गरेका छन् । 

परापूर्व कालदेखि गङ्गादशहरा, महाशिवरात्रिलगायतका पर्वमा बेहडाबाबा मन्दिर दर्शनका लागि भक्तजन आउने गरेका छन् । यहाँ आउने भक्तजनका लागि निःशुल्क खाना र पानीको व्यवस्था गरिएको थियो । उक्त मेलामा चार सयको सङ्ख्यामा व्यापारिक स्टल राखिएका थिए ।