१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहले सञ्चालनमा ल्यायो ‘एक्सन रुम’, सुरक्षादेखि गुनासो सुनुवाइसम्म चुस्त बनाइँदै

अ+ अ-

काठमाडौँ । नागरिक सरोकारका विषय र गुनासोहरूलाई द्रुत र प्रभावकारी रूपमा सम्बोधन गर्न गृह मन्त्रालयले शीघ्र गुनासो सुनुवाइ तथा कार्य सञ्चालन कक्ष (र्‍यापिड रेस्पोन्स एन्ड एक्सन रुम) सञ्चालनमा ल्याएको छ । 

मन्त्रालयमा हाल सञ्चालनमा रहेको गुनासो व्यवस्थापन शाखा, सूचना विश्लेषण शाखा तथा नियन्त्रण कक्षलाई एकीकृत स्वरूपमा स्तरोन्नति गरी गुनासोहरूको तत्काल सम्बोधन गर्ने संयन्त्रको रूपमा शीघ्र गुनासो सुनुवाइ तथा कार्य सञ्चालन कक्ष स्थापना गरिएको हो । यस कक्षबाट शान्ति सुरक्षा, अपराध नियन्त्रण, सेवा प्रवाह तथा कानुन कार्यान्वयनका विषयमा नागरिकहरूले सामना गर्नु परेका अवरोध, गुनासो, पिरमर्काको तत्काल सम्बोधन हुने मन्त्रालयले जनाएको छ ।  

संवेदनशील सूचनाको सङ्कलन, अध्ययन, विश्लेषण तथा वर्गीकरण गरी गुनासो फर्छ्यौट गर्न सम्बद्ध निकायहरूलाई निरन्तर सहयोग गरी अपराध नियन्त्रण र सुशासन प्रवर्द्धन गर्ने कार्यमा केन्द्रीय स्तरको समन्वय तथा नियन्त्रण कक्षको रूपमा कार्य गर्नु एक्सन रुमको लक्ष रहेको मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए । एक्सन रुममा प्राप्त हुने सूचना, गुनासो, तथा उजुरीको शीघ्र माध्यमबाट फर्छ्यौट गरी सार्वजनिक तथा निजी संस्थाहरू, पदाधिकारी र राष्ट्रसेवकहरू प्रति नागरिकको विश्वास र भरोसा अभिवृद्धि गर्ने लक्ष्य रहेको उनको भनाई छ । 

शान्ति सुरक्षा, अपराध नियन्त्रण, सेवा प्रवाहलगायत राष्ट्रिय हित र नागरिक सरोकारका जुनसुकै प्रकृतिका गुनासोलाई सम्बोधन गर्ने शीघ्र उत्तरदायी संयन्त्रको रूपमा एक्सन रुम रहने छ । यसैगरी गृह प्रशासन तथा अन्य निकायसँग आवश्यक समन्वय गरी गुनासोको समयमै र प्रभावकारी समाधान सुनिश्चित गर्ने र अपराधका घटनाहरू न्यूनीकरणका लागि गृह मन्त्रालयको निगरानी तथा नियन्त्रण एकाइको रूपमा कार्य गर्ने उद्देश्यसहित एक्सन रुमको स्थापन भएको सूचना अधिकारी एकदेव अधिकारीले बताए । ‘यसले सार्वजनिक तथा निजी संस्थाहरू, पदाधिकारी र कर्मचारीलाई नागरिक सरोकारका मुद्दामा थप जबाफदेही, पारदर्शी र नतिजामुखी बनाउने छ’ अधिकारीले भने । 

एक्सन रुमका मुख्य कार्यहरू
एक्सन रुमले सूचना सङ्कलन गर्ने छ । फोन कल, इमेल, हटलाइन सेवा, टोल फ्रि नम्बरहरू, सामाजिक सञ्जाल, हुलाक साथै कार्यालयमा आई नागरिकले जानकारी गराएका र मातहतका संयन्त्र तथा अन्य निकायबाट आएका गुनासो, निवेदन र सूचना प्राप्त गर्ने र त्यसको व्यवस्थित अभिलेखीकरण गर्ने कार्य कक्षबाट हुने छ ।

‘प्राप्त सूचना तथा गुनासाको अध्ययन, विश्लेषण तथा तुलना गर्ने, तथ्य प्रमाणको मूल्याङ्कन परीक्षण गरी वर्गीकरण गर्ने काम कक्षले गर्ने छ’ अधिकारी भन्छन् ‘गुनासो तथा सूचनाको प्रकृति एवं गम्भीरताका आधारमा सामान्य, जरुरी र थप अध्ययन गर्नुपर्ने विषय छुट्याई तत्काल सम्बोधन गर्नुपर्ने, अन्तर निकाय समन्वय गर्नुपर्ने वा अन्य आवश्यक कार्य वा रणनीतिको विषयमा निर्णय लिई कार्यान्वयन गर्ने गराउने काम पनि कक्षले गर्ने छ ।’

आवेदक वा नागरिकलाई प्रगति जानकारी गराउनुपर्ने विषय भए सूचना प्रविधिको उपयुक्त प्रणाली मार्फत नागरिक आफैले सो को ट्र्याकिङ गर्न सक्ने व्यवस्था कक्षले मिलाउने छ । सन्दिग्ध व्यक्ति, संस्था, समूह र गतिविधि वा अपराध हुने जोखिम क्षेत्रको नक्साङ्कन गर्ने, नियामक र अनुसन्धान गर्ने निकायहरूलाई सहयोग पुग्ने गरी प्रमाणहरू सङ्कलन गरी कानुनी कारवाहीको लागि सम्बद्ध निकायमा पठाउने जिम्मेवारी पनि कक्षको रहने मन्त्रालयले जनाएको छ ।

यसैगरी अभिलेख, अनुसन्धान तथा प्रकाशन सम्बन्धी कार्य पनि कक्षले गर्ने छ । मुलुकभरी घटेका सुरक्षा तथा अपराध नियन्त्रण सम्बन्धी घटनाहरूको संक्षिप्त दैनिक विवरण तयार गरी अभिलेखका लागि सुरक्षित राखिने छ ।

सुरक्षा व्यवस्थापन तथा अपराध नियन्त्रणसँग सम्बन्धित समसामयिक घटना तथा प्रवृत्तिका विषयमा विज्ञ वा विज्ञ समूहसँग अन्तरक्रिया, बहस, छलफल गराउने अपराध नियन्त्रण तथा सुरक्षा व्यवस्थापनको सुधारका लागि उपयुक्त रणनीति, योजना, कार्यक्रम सिफारिस गर्नु, सोधकार्यहरुको प्रकाशन गर्ने लगायतका कार्यहरू समेत यस एकाइको जिम्मेवारीमा हुने मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयको उद्देश्य प्राप्तिको लागि राष्ट्रसेवक कर्मचारीहरूले समस्या समाधानको लागि देखाउने तत्परता, आचरण, व्यवहार, जबाफदेहिता एवं समग्र कार्य दक्षताको नियमित परीक्षण गर्न यस एकाइले वस्तुगत सूचकहरूको आधारमा मापदण्ड निर्माण गरी सूचना प्राप्त गर्ने, तथ्य जाँच गर्ने, अनुगमन, निरीक्षण गर्ने र निर्णयकर्तालाई पृष्ठपोषण उपलब्ध गराउनेछ ।

सङ्गठन तथा जनशक्ति
एक्सन रुम तीन सिफ्टमा २४ सै घण्टा सञ्चालन हुनेछ । २४सै घण्टा कक्ष सञ्चालन हुने भएपछि सोही अनुसारको कार्यालय विन्यास र जनशक्ति व्यवस्थापन गर्नुपर्ने आवश्यक छ । 

मन्त्रालयमा कार्यरत जनशक्ति, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागबाट आवश्यक जनशक्ति काजमा पूर्ति गरी यस एकाइको सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । अपराध निगरानी, अभिलेख तथा नियन्त्रण कक्ष, सूचना विश्लेषण तथा कार्यान्वयन कक्ष, सूचना प्राप्ति कक्ष र मन्त्रालय र अन्तरगत नियकाहरु रहने छन् । नियन्त्रण कक्षमा शाखा अधिकृतस्तर तीन, कम्प्युटर सहायक तीन, सहायक स्तर दुई, सहयोगी एक र चालक दुई जना रहनेछन् ।

यसैगरी कार्यान्वयन कक्षमा शाखा अधिकृत स्तर तीन, कम्प्युटर सहायक तीन, सहायक स्तर दुई र सहयोगी एक जना रहनेछन् । सूचना प्राप्ति कक्षमा शाखा अधिकृत स्तर तीन जना, कम्प्युटर/टेलिफोन अपरेटर सात, सहायक स्तर दुई र सहयोगी एक जना रहनेछन् । मन्त्रालय र अन्तर्गतका निकायहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला प्रशासन कार्यालय र इलाका स्तरका कार्यालय रहनेछन् ।

पहिलो चरणमा सातै प्रदेशहरूको लागि छुट्टाछुट्टै प्रदेशगत डेस्कहरू स्थापना गर्ने र क्रमशः विषयगत डेस्कहरू समेत राख्न सकिने गरी योजना निर्माण गरिएको छ । निर्धारित डेस्कले सो अन्तर्गतका जिल्लाहरू एवं विषयका आधारमा खण्ड खण्ड बनाई कार्य सञ्चालन गर्नेछन् । 

निर्धारित उद्देश्य पुरा गर्न सूचना तथा गुनासो दर्ता-सङ्कलन इकाई, सूचना विश्लेषण तथा कार्यान्वयन इकाई र अपराध निगरानी, अभिलेख तथा नियन्त्रण इकाई गरी ३ वटा उपशाखाहरूमा विभाजन गरी कार्य सञ्चालन हुनेछ । मन्त्रालयका अनुसार परीक्षणको चरणमा २/२ प्रदेशको लागि १/१ जना कम्प्युटर-टेलिफोन अपरेटर, एक जना सुपरिवेक्षक शाखा अधिकृत/प्रहरी निरीक्षक तहको सुपरिवेक्षक रहने र प्रत्येक सिफ्ट सञ्चालनका लागि तत्काल न्यूनतम १०/१० जना जनशक्ति आवश्यक पर्ने छ ।

सरकारले प्रयोग गरिरहेको सफ्टवेयरलाई कस्टमाइज गरी गृह मन्त्रालयले प्रयोगमा ल्याउन सक्नेछ । प्राप्त उजुरी, सूचना तथा गुनासोहरू व्यवस्थित रूपमा डिजिटल फर्ममा अभिलेख गर्न सकिने, सम्बद्ध पक्षले त्यसको प्रगति समेत आफैँले अनलाइन प्रणाली, बारकोड र क्यूआरकोड प्रविधिको प्रयोग गरी निवेदन उजुरीहरू तुरुन्त खोज्न सकिने व्यवस्था गरिने भएको छ । 

एक्सन रूपको स्थापनापछि कानुनको प्रभावकारी कार्यान्वयन हुने मन्त्रालयको अपेक्षा छ । सार्वजनिक निकायमा कार्यरत पदाधिकारी र राष्ट्रसेवकले कानुन कार्यान्वयनमा देखाएको उदासीनताको कारण समग्र क्षेत्रको नियमन तथा नियन्त्रण पक्ष कमजोर भएको अवस्थामा एक्सन रुमको स्थापनापछि सार्वजनिक निकायका कामहरूलाई गुनासोरहित बनाउने तर्फ कार्य हुने भएकाले यसबाट क्रमशः शासकीय सुधारको जीवनचक्रमा सुधार आउने अपेक्षा मन्त्रालयको छ । 

सुशासन प्रवर्द्धन र अपराध न्यूनीकरण
एक्सन रुमको स्थापनापछि गृह मन्त्रालयबाट हुने गुनासो सुनुवाइको कार्य थप प्रभावकारी हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मातहतका सार्वजनिक निकाय र पदाधिकारीहरूको कार्य सम्पादनको नियमित सुपरीवेक्षण भई जबाफदेहिता प्रवर्द्धन हुने, प्रविधि, जनशक्ति तथा कार्यवातावरणमा सुधार भई गुनासो फर्छ्यौटको दरमा वृद्धि हुनेछ । प्रदेशगत/जिल्लागत डेस्कहरूको स्थापना भई कार्य विशिष्टीकरण हुने साथै आवधिक सुरक्षा वस्तुस्थिति विश्लेषण र प्रतिवेदन तयार हुने मन्त्रालयले जनाएको छ ।

कानून विपरीत हुने आपराधिक कार्यहरूको सूचना प्राप्ति, विश्लेषण, पूर्ण अनुसन्धान लगायतका कार्यबाट अपराधको निगरानी र नियन्त्रण कार्यमा थप प्रभावकारिता अभिवृद्धि हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नागरिक सरोकारका गुनासाहरूको शीघ्र तथा नतिजामूलक फर्छ्यौटबाट आम नागरिकमा सरकार र सरकारका निकायहरूप्रति विश्वास अभिवृद्धि हुनेछ ।

एक्सन रुमबाट के हुन्छ ?
राजनीतिक, सामाजिक, आर्थिक, वैदेशिक सार्वजनिक चासो र महत्वका विषयको समसामयिक वस्तुस्थिति विश्लेषण गर्ने कार्य एक्सन रुमबाट हुने गृह सचिव एकनारायण अर्यालको बताउँछन् । ‘महत्त्वपूर्ण व्यक्ति, स्थल, भवन, संरचना, कूटनीतिक नियोग र लोक मार्गको सुरक्षासम्बन्धी सूचनासंकलन, विश्लेषण, उपयोग, समन्वय र सुरक्षा सम्बन्धी कार्य एक्सन रुमले गर्नेछ’ गृह सचिव अर्यालले भने । 

शान्ति सुरक्षा स्थितिको लेखाजोखा र समीक्षा, शान्ति सुरक्षामा आइपरेका तथा संभावितखतरा, चुनौती र जोखिमसम्बन्धी सूचनाको प्रदेशसँग आदान–प्रदान, प्रदेशलाई सल्लाह सुझाव एवं थप सुरक्षा सहयोग सुरक्षा सम्बन्धी कार्य गर्ने, सङ्घ र अन्तर प्रदेश सुरक्षा निकायबीच समन्वय सुरक्षा सम्बन्धी कार्य गर्ने, अपराध तथा गैर कानुनी गतिविधिको सूचना सङ्कलन, विश्लेषण, आदानप्रदान र नियन्त्रण, अपराध सम्बन्धी निगरानी सम्बन्धी कार्य गर्ने जिम्मेवारी एक्सन रुमको रहने गृह सचिव अर्यालले बताए । 

गम्भीर प्रकृतिका अपराधको अनुसन्धान तथा कारबाही सम्बन्धी कार्य गर्ने, अपराध अनुसन्धानमा प्रदेशलाई दक्ष जनशक्ति, उपकरण, प्रविधि, विधि विज्ञान लगायतमा सहयोग गर्ने, अपराध सम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन सम्बन्धी कार्य गर्ने, देश भित्रको शान्ति सुरक्षाको समग्र स्थितिको लेखाजोखा र प्रतिवेदन सम्बन्धी कार्य गर्ने, सवारी साधन, सञ्चार उपकरण, हातहतियार, असवाव र ब्यारेक तथा कार्यालयसहितको भौतिक संरचनाको व्यवस्थापन सम्बन्धी कार्य एक्सन रुमबाट हुनेछ ।

यसैगरी सङ्गठित अपराध, राज्य विरुद्धको अपराध, लागू औषध, जासुसी, आतङ्कवाद, मानव बेचबिखन तथा ओसार–पसार, बहुराष्ट्रिय प्रकृति वा मानव अधिकारको गम्भीर उल्लङ्घन, राष्ट्रिय हित वा सरोकारको दृष्टिले संवेदनशील एवं गम्भीर प्रकृतिका अपराध, दुई वा दुईभन्दा बढी प्रदेशको क्षेत्राधिकार जोडिएको वा कुनै पनि प्रदेशको क्षेत्राधिकारभित्र नपर्ने र प्रदेश प्रहरीले अनुरोध गरेका विशेष तथा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान तथा कारबाही सम्बन्धी कार्य गर्ने छ । 

देशको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र सङ्घर्ष, सशस्त्र विद्रोह वा पृथकतावादी गतिविधि, आतङ्ककारी गतिविधि तथा जघन्य अपराध नियन्त्रणमा सहयोग सम्बन्धी कार्य गर्ने, संविधान, राष्ट्रिय सुरक्षा र हित विरुद्धका एवं भूमिगत तथा अर्धभूमिगत सङ्गठन, जातीय, धार्मिक, साम्प्रदायिक, सशस्त्र विद्रोह, आर्थिक तथा सङ्गठित अपराध, अवैध संघसंस्थाहरुको गतिविधि, सार्वजनिक चासो र महत्वका सूचना सङ्कलन, आदानप्रदान, विश्लेषण, उपयोग र संरक्षण सम्बन्धी कार्य पनि एक्सन रुमले गर्नेछ ।

सुरक्षा सूचना समन्वय र सञ्जालको व्यवस्थापन सम्बन्धी कार्य, आतङ्कवाद तथा गम्भीर प्रकृतिका अपराधमा क्रियाशील राष्ट्रिय, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सञ्जालहरूको पहिचान र निगरानी सम्बन्धी कार्य, शान्ति सुरक्षा सम्बन्धी नीति, योजना तर्जुमा एवं कार्यान्वयन, प्रदेश स्तरीय सुरक्षा गोष्ठी सञ्चालन गर्ने काम पनि एक्सन रुमबाट हुने मन्त्रालयले जनाएको छ ।

सिंहदरबार सुरक्षा, प्रहरी चौकी स्थापना, निर्वाचन सुरक्षा, सुरक्षासँग सम्बद्ध निकायहरूबिच समन्वय सम्बन्धी कार्य एक्सन रुमले गर्ने छ । यसै गरी विभिन्न निकायबाट प्राप्त अध्ययन विश्लेषण र सम्प्रेषण, आकस्मिक रूपमा घटेका घटनामा परी घाइते भएका व्यक्तिहरूको उद्धार गरी उपचारको व्यवस्था, अति विशिष्ट र विशिष्ट व्यक्तिहरूको सुरक्षा सम्बन्धी आवश्यक व्यवस्था मिलाउने, तस्करी तथा सबै प्रकारका अपराध नियन्त्रण कार्य योजना तर्जुमा र कार्यान्वयन गर्ने जिम्मेवारी पनि एक्सन रुमको रहने छ ।

सञ्चार माध्यम र उपकरण, शान्ति सुरक्षासम्बन्धी जरुरी गोप्य खबरहरू, गृह मन्त्रालय सम्बद्ध मन्त्रिपरिषद्का निर्णयहरू, महत्त्वपूर्ण गोप्य प्रतिवेदनहरूको अभिलेख, शान्ति सुरक्षा कायम गर्ने सम्बन्धमा अन्य निकायहरूसँग समन्वय गर्नु परेमा माथिल्लो अधिकारीलाई जानकारी गराउने, विशिष्ट एवं कूटनैतिक नियोगका पदाधिकारीहरूको भ्रमणको सुरक्षा सम्बन्धी कार्य एक्सन रुमबाट हुनेछ ।

मन्त्रालयमा नियन्त्रण कक्ष सञ्चालन गर्ने, सुरक्षा तथा आकस्मिक कामका लागि हेलिकप्टर उडान अनुमति सम्बन्धी कार्य गर्ने, हातहतियार र खरखजानाको इजाजत सम्बन्धी कार्य गर्ने, साइवर अपराध सम्बन्धी अनुसन्धान, विश्लेषण र कारबाही सम्बन्धी कार्य गर्ने, शाखा सम्बन्धी अति गोप्य महत्त्वपूर्ण कागजातहरूको व्यवस्थापन गर्ने गराउने सम्बन्धी कार्य एक्सन रुमबाट हुनेछ ।

आवश्यकता अनुसार केन्द्रिय सुरक्षा समितिको बैठकको लागि ३ वटै सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभाग) सँग समन्वय गरी सुरक्षा गतिविधि सम्बन्धी प्रतिवेदन तयार गरी महाशाखा प्रमुख समक्ष पेस गर्नुपर्ने छ । 

यसले गृह प्रशासनलाई थप चुस्त र प्रभावकारी बनाउने मन्त्रालयको विश्वास छ । गृह प्रशासन सुधारमा गृह मन्त्री रवि लामिछाने र गृह सचिव अर्यालको ‘ट्युनिङ’ले गृह प्रशासन सुधारमा थुप्रै कार्यहरू अघि बढी रहेको गृह अधिकारीहरूको भनाई छ ।विशेषगरी संस्थागत सुधारका विषयमा मन्त्री–सचिवको एउटै धारणा रहने गरेको ती अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस