२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साताव्यापी कार्यक्रम गर्दै रास्वपा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा रास्वपाले साताव्यापी कार्यक्रम गर्ने भएको छ । १ असार देखि ७ सम्म केन्द्रदेखि वडा तहसम्म विभिन्न कार्यक्रम गर्ने रास्वपाले जनाएको छ ।

७ असारमा रास्वपा गठन भएको दुई वर्ष पुग्दैछ । उक्त दिन केन्द्रमा पार्टी कार्यालयमा चियापान कार्यक्रम राखिएको छ । राजनीतिक दलका नेता, प्रबुद्ध वर्गलगायतलाई आमन्त्रण गरिएको सहमहामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

पार्टी स्थापना दिवसका अवसरमा रास्वपाले सञ्चार माध्यमका सम्पादकहरूलाई छुट्टै आमन्त्रण गर्ने भएको छ । सम्पादकसँग पार्टी नेतृत्वले छुट्टै चियापानसहितको छुट्टै कार्यक्रम बनाएको बुर्लाकोटीले जानकारी गराए ।

७ असारको बिहान वा अघिल्लो दिन सम्पादकसँग अनौपचारिक संवाद गरिने उनले जानकारी गराए । प्रदेश, जिल्ला, पालिका, वडा कार्यालयहरूमा विभिन्न कार्यक्रमहरू गरी स्थापना दिवस मनाउन केन्द्रले परिपत्र गरेको छ ।

१ असारमा देखि हालसालै निर्माण सम्पन्न र निर्माणाधीन भौतिक पूर्वाधारका योजनाहरूको अनुगमन गर्ने कार्यक्रम बनाइएको छ । ५ असारमा रक्तदान कार्यक्रम, सार्वजनिक स्थलहरूको सरसफाइ, ६ गते वृक्षारोपण कार्यक्रम राखिएको छ ।

रक्तदान, सरसफाइ, वृक्षारोपण, मैत्रीपूर्ण खेलकुदजस्ता कार्यक्रम गर्दा सरकारी, गैरसरकारी, निजीक्षेत्र, क्लब, संघसंस्था समुदायसँग समेत सहकार्य गर्न केन्द्रले परिपत्र गरेको छ ।