२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीतिक परिवर्तनको समिक्षा गर्नुपर्ने समय आएको छ -पूर्वराजा ज्ञानेन्द्र

अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक परिवर्तनको समीक्षा गर्ने बेला आएको बताएका छन् ।

६८ औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा आज एक विज्ञप्ति जारी गरी पूर्वराजा ज्ञानेन्द्रले निर्वाचन गर्नु मात्र प्रजातन्त्र नभएको भन्दै २०६३ बैशाख ११ पछि भएको राजनीतिक परिवर्तनको समीक्षा गर्ने बेला आएको बताएका हुन् ।

पूर्वराजा शाहले जिजुबुबा राजा त्रिभुवनले प्रजातन्त्रको निम्ति गरेको त्याग र उत्सर्गको स्मरण गर्दै प्रजातन्त्रमा सबैले सम्मानित महसुस हुनुपर्ने कुरामा जोड दिएका छन् ।

उनले प्रजातन्त्रलाई संस्थागत गर्ने वा समस्या समाधान खोज्ने क्रममा भएका राजनीतिक सम्झौता,सहमति, समझदारीमा देशको गौरव बढाउने विषयले प्रथमिकता नपाएको गुनासो समेत गरेका छन् ।
उनले भनेका छन्, प्रजातन्त्र भनेको निर्वाचाहरुको आयोजना मात्र हो भन्ने भ्रम राखिनु हुँदैन । देशको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकतालाई सबल तुल्याउँदै जाताको सर्वोपरी हितलाई केन्द्रमा राखेर व्यवहार गर्ने व्यवस्था मात्र प्रजातान्त्रिक हुनसक्छ ।’

२०६३ बैसाख ११ मा भएको राजनीतिक परिर्वतन पछिको समय देश र जनताको हितप्रति संवेदशील एवं जिम्मेवार व्यवहार प्रस्तुत भइरहेको छ या अझै केन्द्रित सोचको पासोमा देशको राजनीति अल्झिएको समीक्षा गर्नुपर्ने उनले बताएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले प्रश्न गरेका छन्, ‘सीमित व्यक्तिहरुको स्वार्थ रक्षालाई नै प्रजातन्त्रको रुपमा जनताले आत्मसाथ गरिदिनुपर्ने हो कि होइन ? कानुनी राज एवं सुशासनको प्रत्याभूति दिलाउन नखोज्ने अवस्थालाई नेपाली जनताले कहिलेसम्म व्यहोर्नुपर्ने हो ?’

उनले सबै नेपालीको भावना समेट्ने र देशको राष्ट्रियता एवं राष्ट्रिय एकता समृद्ध बनाउने साधनको रुपमा प्रजातन्त्र प्रयुक्त हुने अवस्था बन्न सकोस् भनेका छन् ।

हेर्नुहोस् विज्ञप्ती

प्रतिक्रिया दिनुहोस