काठमाडौँ । सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को वार्षिक आम्दानी वृद्धि हुँदै गएपनि गुणस्तरीय सेवामा आउने गुनासो कम गर्न सकेको छैन ।
आर्थिक वर्ष २०७३÷०७४ मा रु ४४ अर्ब ५९ करोड आम्दानी गरेको टेलिकमले अघिल्लो वर्षको तुलनामा ३९ करोड आम्दानी गरेको छ ।
आव २०७२÷०७३ मा रु ४४ अर्ब २० करोड आम्दानी गरेको कम्पनीको १४ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा जानकारी दिइएको छ ।
यसैगरी, कम्पनीको खुद नाफामा १३ दशमलव ४२ प्रतिशतले वृद्धि भई आव २०७३÷०७४ मा रु १५ अर्ब ३७ करोड पुगेको छ भने कम्पनीको प्रतिशेयर आम्दानीमा वृद्धि भई आव २०७३÷०७४ मा रु १०२ दशमलव ४९ पुगेको छ ।
यसवर्ष कम्पनीकै इतिहासमा पहिलो पटक वार्षिक साधारणसभाबाट आफ्ना शेयरधनीलाई २०७३÷०७४ को लाभांश हालसम्मकै सर्वाधिक अर्थात प्रतिशेयर रु ५५ का दरले उपलब्ध गराउन सफल हुनुलाई कम्पनीको सफलताका रुपमा लिइएको प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले वताएकी छिन् ।
टेलिकमले आव २०७३÷०७४ रु २४ अर्ब ५४ करोड राजश्व बुझाएको आज जारी विज्ञप्तिमा उल्लेख छ ।
आम्दानी र राजश्वसंगै सेवाग्राहीको सन्तुष्टि र नीजि क्षेत्रका प्रतिस्पर्धिहरुको दाँजोमा उत्कृष्ठ दर्ज हुन सकेमा मात्रै टेलिकमप्रति जनताको विश्वास बढ्ला कि ?