२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आईपीएलको पाँचौँ खेलमा मुम्बई ६ रनले पराजित

अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा गुजरातले मुम्बई इन्डियन्सलाई ६ रनले पराजित गरेको हो ।

गुजरातले दिएको १६९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६२ रन मात्र बनाउन सक्यो ।

मुम्बईका लागि डिवाल्ड ब्रेभिसले ३८ बलमा २ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४६ रन बनाए । ओपनर रोहित शर्माले २९ बलमा ७ चौका र १ छक्काको सहयोगमा ४३ रन बनाए पनि मुम्बइको हार टरेन ।

यसै खेलमा आईपीएल डेब्यु गरेका अज्मतुल्लाह उमरजाइले पहिलो ओभरमा नै मुम्बईका ओपनर इशान किशनलाई आउट गराएका थिए । दोस्रो विकेटका लागि शर्मा र नमन धिरले ३० रनको साझेदारी गरे । नमनले १९ बलमा ३ चौका र १ छक्काको सहयोगमा २० रन बनाए। तेस्रो विकेटका लागि शर्मा र ब्रेभिसले ७७ रनको साझेदारी गर्दै टोलीलाई बलियो स्थितीमा पुर्‍याएका थिए ।

तिलक बर्माले १९ बलमा १ चौका र १ छक्काको सहयोगमा २५ रन बनाए । गुजरातका लागि उमेश यादव, मोहित शर्मा, स्पेसर जोनसन र अज्मतुल्लाह उमरजाइले समान २÷२ तथा साई किशोर १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । गुजरातका लागि साई सुदर्शनले ३९ बलमा ३ चौका र १ छक्काको सहयोगमा ४५ रनको ईनिङ खेले। यसै खेलबाट पहिलो पटक टोलीको कप्तानी गरिरहेका शुभमन गिलले २२ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाए ।

राहुल तिवातियाले १५ बलमा २ चौका र १ छक्काको सहयोगमा २२ रन बनाए। ओपनर रिद्धिमान शाहले १५ ओभरमा ४ चौकाको सहयोगमा १९ रन बनाए । अज्मतुल्लाह उमरजाईले ११ बलमा १ चौका र १ छक्काको सहयोगमा १७ रन बनाए ।

मुम्बईका लागि जसप्रित बुमराहले ३ तथा जेरार्ड कोट्जेले २ विकेट लिए । पियुष चावलाले १ विकेट लिए ।