२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आजदेखि आइपीएल सुरु, पहिलो खेलमा चेन्नई र बैंग्लोर भिड्दै

अ+ अ-

काठमाडौँ । विश्वकै सर्वाधिक चर्चित र लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपीएल) आज(शुक्रबार)देखि सुरु हुँदै छ । आइपीएलको उद्घाटन खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर आमनेसामने हुने छन् । 

प्रतियोगिता सुरु हुनुभन्दा अगाडि चेन्नईले सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीको विकल्प खोजेको छ । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका धोनी फ्रेन्चाइज क्रिकेट आइपीएल भने खेल्दै आएका छन् । 

धोनीको ठाउँमा चेन्नाईले ऋतुराज गायकवाडलाई कप्तान बनाएको छ । धोनीको नेतृत्वमा रहेको चेन्नईले गत सिजनको फाइनल खेलमा गुजरात जाइन्ट्सलाई पराजित गर्दै उपाधि जितेको थियो ।धोनीले कप्तानी छाडेको यो पहिलो पटक भने होइन । टिमले यसअघि २०२२ को सिजनमा पनि कप्तान परिवर्तन गरेको थियो । 

त्यतिबेला अलराउन्डर रवीन्द्र जडेजा कप्तान भएका थिए । तर, चेन्नईको लगातार खराब प्रदर्शनपछि जडेजाले राजीनामा दिएपछि पुनः धोनी नै कप्तान भएका थिए । चेन्नईका नयाँ कप्तान गायकवाड सन् २०१९ मा टोलीमा सामेल भएका थिए । उनले अहिलेसम्म खेलेका ५२ खेलमा १७९७ रन बनाएका छन् । 

यस प्रतियोगितामा उनको नाममा एक शतक र १४ अर्ध शतक छ । गत सिजन गायकवाडले १६ खेलमा ५९० रन बनाएका थिए । चेन्नईलाई उपाधि जिताउन युवा खेलाडीले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

चेन्नई सुपर किंग्सका पूर्व कप्तान महेन्द्रसिंह धोनी आफ्नो आईपीएल करिअरको अन्तिम सिजन खेल्न सक्नेछन् । कप्तानमा अचानक परिवर्तन गरेपछि उनले यो सिजनपछि आइपीएलबाट सन्यासको घोषणा गर्न सक्ने अनुमान गरिएको छ । 

४२ वर्षीय खेलाडीले चेन्नईका लागि २१२ खेलमा कप्तानी गरेका छन् । उनीबाहेक सुरेश रैनाले पाँच खेलमा र रवीन्द्र जडेजाले आठ खेलमा टोलीको नेतृत्व गरेका छन् ।