४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय टी-२० क्रिकेट : कर्णाली र लुम्बिनी विजयी

अ+ अ-

काठमाडौँ । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा कर्णाली र लुम्बिनी  विजयी भएका छन् ।

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा शनिबार भएको पहिलो खेलमा कर्णाली प्रदेशले विभागीय टोली एपिएफ क्लवलाई ५१ रनले पराजित गरेको छ । जितसँगै कर्णाली समूह ए मा ४ खेलमा २ मा जित र २ मा पराजित हुँदै ४ अंकको साथ शीर्ष स्थानमा उक्लिएको छ । 

टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ६५ रनको स्कोर खडा गरेको थियो । कर्णालीका लागि प्लेयर अफ द म्याच अर्जुन घर्तीले ३४ बलमा २ छक्का र २ चौका प्रहार गरी नटआउट ५५ रन बनाउँदा विपिन रावलले ३६ बलमा ३ छक्का र २ चौका प्रहार गरी ४२  रन र रविन्द्र शाहीले ३५ रनको योगदान दिए । 

एपिएफका रमेश कुर्मी, चन्दन राम, भुवन कार्की, अमर रौटेला र इर्साद अहमदले १–१  विकेट लिए । जवाफमा १ सय ६६ रनको लक्ष्य पाएको एपिएफले पुरै ओभर खेल्दै ६ विकेट गुमाई १ सय १४ रन मात्र बनाउन सक्यो । एपिएफका अमर रौटेलाले ३७ बलमा १ छक्का र २ चौका प्रहार गरी ३७ रन, हिमाञ्सु दत्तले २५ र पुरन विकले १८ रनको योगदान दिए । कर्णालीका दिपेन्द्र रावतले २ विकेट लिँदा रविन्द्र साहले पनि २ विकेट तथा प्रकाश जैसीले १ विकेट लिए ।

आजै भएको दोस्रो खेलमा लुम्बिनी  प्रदेशले  वागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै सेमिफाइनल नजिक पुगेको छ । लुम्बिनीको यो लगातार ३ खेलमा शतप्रतिशत नतिजा निकाल्दै ६ अंकका साथ समुह वी को शिर्ष स्थानमा यथावत रहेको छ । 

लुबिनीले यसअघि गण्डकी र सुदूरपश्चिमलाई पराजित गरेको थियो । टस जितेर ब्याटिङ गरेको वागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ५३ रनको योगफल तयार पारेको थियो । 

वागमतीका कप्तान रित गौतमले ३३ बलमा १ छक्का र ४ चौका प्रहार गरी ४३ रन बनाउँदा आशुतोष घिरैयाले २८ रन र उत्तम मगरले २५ रन र इसान पाण्डेले २१ रनको योगदान दिए । लुम्बिनीका चाहुल चैहानले ३ विकेट लिँदा  कृष्ण कार्कीले २ विकेट लिए । 

 जवाफमा १ सय ५४ को लक्ष्य पछ्याएको लुम्बिनीले कप्तान देव खनालको सतकले १७ दशमलव २ बलमा ३ विकेट गुमाई लक्ष्य पार गरेको थियो । लुम्बिनीको जितमा कप्तान खनालले १ सय रनमा नटआउट रहे । 

उनले ५१ बलमा ७ छक्का र ७ चौका प्रहार गरी सतक पुरा गरे । खनालको सतक कोशी प्रदेश ट्रफिमा पहिलो सतक हो । त्यस्तै विशाल विक्रम केसीले नटआउट २७ रन  बनाए । वागमतीका विपिन आचार्य, गौतम केसी र कृजन गुरुङले १–१ विकेट लिए । 

आइतबारको  पहिलो खेल गण्डकी र नेपाल पुलिस तथा दोस्रो खेल आर्मी र मधेश प्रदेशबीच खेल हुने मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस