नेपालले गुमायो दोस्रो विकेट, कप्तान पौडेल आउट « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

नेपालले गुमायो दोस्रो विकेट, कप्तान पौडेल आउट


२२ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाललाई दोस्रो झट्का लागेको छ। ​नेदरल्याण्ड्सविरुद्ध खेलमा कप्तान रोहित पौडेल २५ रन बनाएर आउट भएका हुन्। १९ बलमा उनले तीन चौका र एक छक्का हानेका छन्। यसअघि २० रन बनाएर कुशल भुर्तेल आउट भए। उनले १० बलमा २ छक्का र एक चौका हाने।

लिग चरणमा दुवै टिमले दुई खेलमा जित दर्ता गरेर फाइनल यात्रा तय गरेका हुन्। लिगको अन्तिम खेल भने वर्षाले प्रभावित बनेपछि पाँच अंकसहित लिग चरणको शीर्ष स्थानमा रहेर नेदरल्याण्ड्स फाइनल पुगेको थियो।

घरेलु मैदानमा एक वर्षअघि एसीसी प्रिमियर कपको उपाधि जितेको नेपालले त्यसयता दुई उपाधिको अवसर गुमाएको छ।​ नेदरल्याण्ड्सलाई नेपालले पछिल्लो समय लिग ट’मा नौ विकेटले हराएको छ भने जारी सिरिजमा ६ विकेटले हराइसकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस