२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजस्व संकलनको चटारो : राति आठ बजेसम्म संकलन गरियो

अ+ अ-

काठमाडौं । गत आर्थिक वर्षको आयकर दाखिला गर्ने अन्तिम दिन आइतबार राति आठ बजेसम्म राजस्व संकलन गरिएको छ । पछिल्लो समय कर तिर्नेको संख्या बढेपछि बैंकहरूलाई अन्तिम समयमा राजस्व संकलनमा भ्याइनभ्याई भएको थियो ।

आइतबार राति आठ बजेसम्म राजस्व संकलन भएको आन्तरिक राजस्व विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेलले जानकारी दिए । ‘पछिल्लो समय भीड हुन्छ भनेर हामीले रातिसम्म बैंक खोल्न भनेका थियौं । सबैजसो बैंकमा राति आठ बजेसम्म राजस्व तिर्ने करदाता थिए ।’ बैंक मात्र होइन, सरकारले चेक साट्न क्लियरेन्स हाउससमेत रातिसम्म खोल्ने व्यवस्था गरेको थियो । अर्थ मन्त्रालयले राजस्व संकलन गर्ने बैंकभन्दा करदाताले अरू बैंकको चेक दिएमा तत्काल साटिने व्यवस्थासमेत गरेको थियो । मन्त्रालयको यस्तो व्यवस्थाले कर बुझाउन सजिलो भएको कलंकी सेवा कार्यालयमा कर बुझाउन आएका वासुदेव शर्माले बताए ।

पछिल्लो समय क्लियरिङ हाउसमा दैनिक औसतमा ४० हजार चेकबाट २३ अर्ब हाराहारीमा कारोबार हुने गरेको थियो । आइतबार भने ६८ हजार छ सय ७१ चेक साट्न क्लियरिङ हाउस आएका थिए । साढे दुई बजे बन्द हुने क्लियरिङ हाउसलाई आइतबार साढे पाँच बजेसम्म खुला राखिएको थियो ।

आइतबार मात्रै ४३ अर्बको चेक क्लियरिङ भएको क्लियरिङ हाउसका अपरेसन म्यानेजर मुन्नीराज भण्डारीले बताइन् । ‘राजस्व संकलनका कारण आइतबार बढी प्रेसर भयो। हामीले सोचेभन्दा बढी चेक मात्र आएनन्, क्लियरिङको रकम पनि दोब्बरजस्तै पुगेको छ। हामीले राजस्व संकलनका लागि सहजीकरण गर्न ढिलासम्म काम गरेर चेक क्लियरिङ गर्‍यौं’, उनले भनिन् ।

अर्थ मन्त्रालयले पुस मसान्तसम्म तीन खर्ब ३४ अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । २९ पुससम्म तीन खर्ब १८ अर्ब रूपैयाँ संकलन गरेको थियो । २९ गते शनिबार सरकारी बिदा भए पनि बैंक खोलेर राजस्व संकलनको व्यवस्था मिलाइएको थियो । ३० गते १० बजेदेखि राजस्व बुझाउनेको भीड लागेका कारण रातिसम्म बैंक सञ्चालनमा थिए ।

कर राजस्व संकलनका लागि महत्वपूर्ण महिनाका रूपमा पुसलाई लिइने गर्छ । पुस मसान्तसम्म आन्तरिक राजस्व विभागले एक खर्ब ३६ अर्ब रूपैयाँ कर संकलन गर्ने लक्ष्य राखेको थियो । शनिबारसम्म एक खर्ब १४ अर्ब रूपैयाँ मात्र संकलन भएको थियो । आइतबार २२ अर्ब रुपैयाँ संकलनको लक्ष्य राखेको विभागले जनाएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments