२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुकलाई उत्पादनमुखी दिशामा लैजान आवश्यक : शिक्षामन्त्री 

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रको सोचलाई उत्पादनमुखी दिशामा लैजान आवश्यक रहेको बताएका छन् । 

शनिबार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को वार्षिकोत्सव कार्यक्रममा उनले अरुको खुट्टा तान्ने काममा धेरै व्यस्त भएर मुलुक सम्पन्न नबन्ने बताए । 

उनले सरकारमा बसेका मन्त्रीहरुको सोच सकारात्मक भएर मात्रै देश परिवर्तन गर्न सम्भव नहुने भन्दै राष्ट्रको सोचलाई उत्पादनमुखी, उद्योगमुखी र श्रममुखी दिशामा लैजान आवश्यक रहेको बताए । उनले निर्यात गर्न नसके पनि नेपालले आयातमात्रै प्रतिस्थापन गरे पनि सपन्नताको सुनिश्चितता हुने दाबी गरे ।

”हामीले निर्यात गर्न नसकौँला । तर आयात मात्रै प्रतिष्थापन गर्‍यौँ भनेपनि हाम्रो सम्पन्नताको ग्यारेन्टी हुन्छ । त्यसतर्फ हामी सबैले सोच्नुपर्छ । यो खाली सरकारमा बसेका दुई रचार जना मन्त्रीले मात्रै सोचेर हुने कुरा होइन । राष्ट्रको सोचलाई नै उत्पादनमुखी दिशामा लैजानुपर्छ,” उनले भने, ”देशलाई उद्योगमुखी दिशामा लैजानुपर्छ । श्रममुखी दिशामा लैजानुपर्छ । अरुको खुट्टा तान्ने काममा धेरै व्यस्त भयौँ भने मुलुक बन्दैन । मुलुक २५ जना मन्त्रीले मात्रै बनाएर बन्ने होइन । देश बनाउन सिङ्गो देश र ३ करोड नेपाली जनताको सकारात्मक सोच र क्रियाशीलता आवश्यक पर्छ ।”

मन्त्री राईले सबैको सोच एउटै दिशामा अघि बढे देश विकास हुन समय नलाग्ने बताए ।