२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा २०.७६ अंकको गिरावट 

अ+ अ-

काठमाडौँ ।  सेयर बजार परिसूचक नेप्सेमा आज २०.७६  अंकको गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से २०.७६ अंकले घटेर २००५.८३ विन्दुमा कायम भएको छ । सेन्सेटिभ इण्डेक्स ३.४९ अंकले घटेर ३५९.५७ विन्दुमा झरेको छ ।

आज कारोबार भएका कम्पनीमध्ये ४९ कम्पनीको मूल्य बढ्दा १९७ वटाको घटेको छ । २ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन । 

आज उत्पादन समूह १.१४ र फाइनान्स ०.३३ प्रतिशत बढेका छन् । बैंकिङ ०.९६, विकास बैंक ०.८७, होटल तथा पर्यटन १.४८, लगानी १.५४, जीवन बीमा १.०७, माइक्रोफाइनान्स ०.५२, निर्जीवन बीमा १.४६, अन्य ०.९० र व्यापार समूहमा ०.६० प्रतिशतको गिरावट आएको छ । 

आज जम्मा तीन सय नौ कम्पनीको ९५ लाख १८ हजार ७५ कित्ता सेयर ३ अर्ब  २० करोड ६१ लाख ६७  हजार २५ रुपैयाँमा कारोबार भएका छन् । बजार घटे पनि बुधबारका तुलनामा कारोबार रकममा सामान्य सुधार भएको छ । बुधबार २ अर्ब २४ करोड १९ लाख रुपैयाँको कारोबार भएको थियो ।

घटेको बजारमा पनि समाज लघुवित्त वित्तीय संस्थाको सेयरले भने दिनहुँ सर्किटस्तरको बढोत्तरी कायम राखेको छ । एकै दिन करिब १ सय ९८ रुपैयाँ बढेको समाजको सेयर प्रति कित्ता २ हजार १ सय ७६ पुगेको छ । समाजपछि जोशी हाइड्रोपावर र सामलिङ पावरको सेयर बढेको छ । बोटलर्स नेपालमा दुवै कम्पनी आज चौथो र पाँचौ नम्बरमा रहे । 

रोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स अगाडि छ । उक्त कम्पनीको सेयर १४ करोड ८७ लाखको कारोबार भएको छ । गुर्खाज फाइनान्सको १४ करोड, जोशी हाइड्रोपावरको ८ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।