२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकीकृत पार्टीको कार्यदिशा दुई अध्यक्षले तय गर्ने

अ+ अ-

काठमाडौं । एमाले र माओवादी केन्द्रले एकीकृत पार्टीको कार्यदिशा दुवै पार्टीका अध्यक्षले टुंगो लगाउने निर्णय गरेका छन् । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा मंगलबार बसेको पार्टी एकता संयोजन समिति बैठकले पार्टी एकताप्रति दुवै पार्टी दृढ रहेको र त्यसमा कुनै विवाद तथा असहमति नरहेको निष्कर्ष निकाल्दै एकताका लागि थप गृहकार्यमा जुट्ने निर्णय गरेको सहभागी नेताहरूले बताएका छन् । बैठकमा नेताहरूले पार्टी एकताका लागि संगठनात्मक मोडालिटी तयार पार्न संगठनात्मक कार्यदल र पार्टीको कार्यदिशा तय गर्न वैचारिक राजनीतिक कार्यदल गठन सम्बन्धमा छलफल गरेका थिए ।

कार्यदल गठनपूर्व दुई अध्यक्षबीच वैचारिक कार्यदिशामा सहमति गर्ने निष्कर्षमा नेताहरू पुगेको पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालले बताए । ‘गृहकार्य अलिक पुगेन, थप छलफल गर्न हामीले अर्को बैठकसम्मका लागि समय लिएका हौं । पार्टी एकतामा कुनै विवाद र विमति छैन, वैचारिक र संगठनात्मक विषयमा सहमति खोज्न दुई अध्यक्षबीच छलफल हुन्छ र त्यसपछि मात्रै कार्यदल गठन हुन्छ’, उनले भने ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि ओली–दाहालबीच फेरि छलफल भएपछि मात्र कार्यदल गठन हुने बताए। ‘दुई अध्यक्षबीच छलफल गरी वैचारिक र राजनीतिक विषयमा सहमति गर्ने कोसिस हुन्छ, त्यसपछि मात्रै अभिलेखन गर्न र थप सल्लाह–सुझाव लिन कार्यदल गठन गर्ने निष्कर्षमा हामी पुगेका छौं’, उनले भने, ‘त्यसपछि कार्यदलले तयार पार्ने दस्तावेज एकता संयोजन समितिबाट अनुमोदन गरिनेछ ।’

संयोजन समितिका अर्का सदस्य तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालका अनुसार वैचारिक र संगठनात्मक मोडालिटी तय गर्न गठन गरिने कार्यदलको अवधारणा बैठकले टुंगो लगाएको छ ।

‘कार्यदलले के(कसरी काम गर्ने अवधारणा तयार भएको छ’, उनले भने, ‘केही गृहकार्य नपुगेकाले कार्यदल गठन भएन । अब बस्ने संयोजन समिति बैठकले कार्यदल गठन गर्ने तथा संगठनात्मक संरचना र सिद्धान्तबारे निर्णय लिनेछ ।’

अध्यक्ष ओली बुधबार स्वास्थ्योपचारका लागि बैंकक जाँदैछन् । उनको अनुपस्थितिमा कार्यदल गठनको गृहकार्य हुनेछ । उनी माघ १ गते काठमाडौं फर्केलगत्तै दुई अध्यक्षबीच छलफल हुने र संयोजन समितिको बैठक बस्ने नेता खनालले बताए । १७ असोजमा एमाले–माओवादीले पार्टी एकता गर्ने सैद्धान्तिक सहमति गर्दै एकता संयोजन समिति गठन गरेका थिए । समितिको पहिलो बैठक कात्तिक १५ यता बस्न सकेको थिएन ।

समितिको बैठक बस्न नसक्दा विभिन्न आशंका उत्पन्न भएका थिए। तर मंगलबारको बैठकपछि त्यस्ता आंशका चिरिएको समितिका अर्का सदस्य तथा एमाले उपाध्यक्ष वामदेव गौतमले बैठकपछि सञ्चारकर्मीहरूसँग भने । ‘कुनै विवाद र प्रश्न छैन, एकतामा हामी ढृढ छौं’, उनले भने । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments