२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सोलुखुम्बुमा आगलागीबाट तीन करोडभन्दा बढीको क्षति

अ+ अ-

सल्लेरी (सोलुखुम्बु) । सोलुखुम्बुमा छ महिनामा आगलागीबाट रु. तीन करोडभन्दा बढीको भौतिक क्षति भएको छ । 

चालु आर्थिक वर्ष छ महिनामा १८ वटा आगलागीका घटना हुँदा रु. तीन करोड १९ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिलकुमार मिश्रका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये सबैभन्दा बढी सोलुदुधकुण्ड नगरपालिका र माप्यदुधकोशी गाउँपालिकामा चार÷चार वटा आगलागीका घटना भएका छन् ।

 थुलुङ दुधकोशी गाउँपालिकामा तीन, महाकुलुङ, सोताङ र नेचासल्यान गाउँपालिकामा दुई÷दुई वटा र खुम्बु पासाङल्हामु गाउँपालिकामा एउटा आगलागीका घटना भएको प्रहरीको तथ्याङ्क छ । सो अवधिमा भएको आगलागीबाट एक मन्दिरसहित १६ वटा घर जलेर नष्ट भएका छन् भने दुई वटा स्काभेटरमा आगजनी भएको प्रहरी निरीक्षक मिश्रले बताए । 

घटनामा एक जना बालकको ज्यान गएको छ । गत मङ्सिर २१ गते चौरी गोठमा भएको आगलागीमा परी सोलुदुधकुण्ड नगरपालिका–२ का चार वर्षीय बालक पासाङ शेर्पाको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।