२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुलिस क्लब बन्यो राष्ट्रिय करातेको टिम च्याम्पियन 

अ+ अ-

काठमाडौँ । नेपाल पुलिस क्लब तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । 

सातदोबाटोमा स्थिति कराते हलमा शनिबार सम्पन्न प्रतियोगितामा पुलिस १० स्वर्ण पदकसहित च्याम्पियन बनेको हो । पुलिसले समान ३ रजत र ३ कास्य पदक पनि जित्यो । प्रतियोगितामा महिलातर्फ रमिता माझी र पुरुषतर्फ सुदूरपश्चिमका कमल ओली सर्वोत्कृष्ट खेलाडी घोषित भए । 

उनीहरुले समान २५ हजार रुपैयाँ प्राप्त गरे । महिलातर्फ निरुपा दोङ र पुरुषतर्फ साहिल नेपाली उदीयमान खेलाडी चुनिए । यस्तै प्रतियोगिताको तीनै संस्करणमा स्वर्ण पदक जितेका विप्लवलाल श्रेष्ठले सुपरस्टार खेलाडीको उपाधिसहित ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । 

त्रिभुवन आर्मी क्लबकी मिस्ली श्रेष्ठले पनि जितको ह्याट्रिक गर्न सफल भइन् । पुलिस च्याम्पियन बन्दा अर्को विभागीय टोली एपिएफ ३ स्वर्ण तथा समान ५ रजत र कास्य पदक जित्दै दोस्रो भयो । 

बागमती प्रदेश २ स्वर्ण १ रजत र ६ कास्य पदकका साथ तेस्रो भयो । आर्मी १ स्वर्ण तथा समान ४ रजत र कास्य पदकका साथ चौथो भयो । पाँचौँ भएको सुदूरपश्चिम प्रदेश को १ स्वर्ण, १ रजत र ४ कास्य पदक जितेको छ ।

मधेश प्रदेश १ रजत र ६ कास्य जित्दै छैटौँ , कोशी प्रदेश १ रजत र ४ कास्य जित्दै सातौँ, १ रजत र २ कास्य पदकका साथ लुम्बिनी प्रदेश आठौँ र १ कास्यका साथ गण्डकी प्रदेश नवौँ स्थानमा रह्यो । कर्णाली प्रदेश भने पदक विहीन रह्यो ।