२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकीकृत घुम्ती शिविरमार्फत एक हजार चार सय २३ जनालाई सेवा

अ+ अ-

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमार्फत एक हजार चार सय २३ जना स्थानीय बासिन्दाले गाउँमै सेवा लिएका छन् । चालु आर्थिक २०८०/८१ को दोस्रो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य जाँच सेवा लागि सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा र ‘हेल्लो डाक्टर’ कार्यक्रममार्फत एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको हो । 

शिविरमा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले नौ सय २२ जनालाई र सामाजिक सुरक्षा भत्ता र ‘हेल्लो डाक्टर’ कार्यक्रममार्फत पाँच सय एक जनाको स्वास्थ्य जाँच तथा औषधि वितरण गरिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिए। ‘पालिकाबासीको सहजताका लागि हामीले ‘हेल्लो डाक्टर’ कार्यक्रम लगायतका विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएका छौँ । ‘हेल्लो डाक्टर’ कार्यक्रमले २४ सै घण्टा सेवा दिइरहेको छ’, उनले भने, ‘सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका वृद्ध वृद्धा तथा असक्तलाई समेत गाउँमै सेवा उपलब्ध गराउने गरेका छौँ । यो कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने योजनामा छौँ ।’

शिविरमा वडा नं १ याम्खाका ८५, वडा नं २ डाँडागाउँका ४५, वडा नं ३ छोरम्बुका एक सय १६, ४ बतासेका एक सय १०, वडा नं ५ सप्तेश्वर छितापोखरीका ५३, वडा नं ६ छितापोखरीका ६८ र वडा नं ७ टेम्माका एक सय एक जनाको स्वास्थ्य जाँच गरिएको छ हेल्लो डाक्टर कार्यक्रमका संयोजक अहेब सुरेश प्रधानले जानकारी दिएका छन् । 

यही माघ ७ गतेदेखि सञ्चालन भएको शिविरमा नेबुलाइजेसन (वाफ लगाउने), मधुमेह, उच्च रक्तचाप जाँच, अक्सिजनको मात्रा, नाडीको गति जाँचका साथै सामान्य औषधि वितरण गरिएको जनाइएको छ । गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाएपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् । 

शिविरमार्फत नौ सय २२ जनालाई सातवटै वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख यमनलाल श्रेष्ठले जानकारी दिए । वडा नं १ याम्खाका एक सय दुई, वडा नं २ डाँडागाउँका एक सय ६०, वडा नं ३ छोरम्बुका एक सय ३८, वडा नं ४ बतासेका एक सय ५४, वडा नं ५ सप्तेश्वर छितापोखरीका एक सय १०, वडा नं ६ छितापोखरीका ८९ र वडा नं ७ टेम्माका एक सय ६९ जनालाई उनीहरूको वडामै पुगेर सामाजिक सुरक्षा भत्ताबापतको रु ८१ लाख ६५ हजार पाँच सय रकम वितरण गरिएको जनाइएको छ ।