२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश राजधानी माग गर्दै डोटीमा प्रदर्शन,प्रदर्शनले ‘उग्र’ रुप लिँदै

अ+ अ-

डोटी । सात नं प्रदेशको राजधानी दिपायल हुनुपर्ने माग गर्दै यहाँ बुधबारदेखि ‘आमहड्ताल’ शुरु भएको छ ।

मंगलबारसम्म शान्तिपूर्ण रुपमा भइरहेको ‘दबाबमूलक’ आन्दोलन बुधबार बिहानैबाट हड्तालमा परिणत गरिएको छ । राजधानीको माग गर्दै डोटीमा आठ दिनदेखि लगातार आन्दोलनका कार्यक्रम भइरहेका छन् । आन्दोलनको आठौँ दिन आज हजारौँले प्रदर्शन गरेका छन् ।

बिहानै स्वतःस्फूर्त रुपमा निस्किएको जुलुस तथा ¥यालीले विभिन्न स्थानमा प्रदर्शन गर्दै सडक अवरुद्ध गरेको थियो ।

बिहिबारदेखि सुदूरपश्चिमका पहाडी सातवटा जिल्ला जोड्ने एकमात्र द्वार भीमदत्त राजमार्गको बुडरमा अवरोध गर्ने प्रदर्शनकारीले जनाएका छन् । प्रदर्शनकारीले आज सरकारी तथा गैह्रसरकारी कार्यालय, विद्यालय, बजारसमेत खुल्न दिएनन् । बुधबार बिहानैदेखि दिनभर दिपायल, सिलगढी, गोपघाटलगायत बजारमा समेत प्रदर्शन गरिएको छ ।

“हाम्रो रचनात्मक दबाब सरकारले सुन्ने छाँटकाँट देखिएन । उल्टै अनेकथरी खबर बाहिरिन थाले”–संघर्ष समितिका संयोजक एवं डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले भने, “त्यसैले अब हामी सशक्त आन्दोलनमा उत्रिन बाध्य भएका छौँ ।”

प्रदर्शनले ‘उग्र’ रुप लिँदै
मंगलबारसम्म रचनात्मक रुपमा रहेको आन्दोलन बुधबार आमहड्तालसँगै उग्र बन्दै गएको छ । आन्दोलन नेतृत्वको नियन्त्रण बाहिर पनि जान थालेको छ । हजारौँको भीडलाई नेतृत्वले कमाण्ड गर्न नसक्दा बुधबार केही ढुंगामुडा र तोडफोडका घटना भएका छन् ।

प्रदर्शनकारीले क्षेत्रीय प्रशासन कार्यालय र शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमा ढुंगामुडा गरेका छन् । उता सिलगढीमा प्रदर्शनकारीले एक मोटरसाइकलमा आगो लगाएर ध्वस्त बनाइदिएका छन् । आन्दोलनको अवज्ञा गरेको भन्दै से १ प ८८६ नं को मोटरसाइकलमा आगो लगाइएको हो ।

‘राजधानी माग होइन अधिकार’
दिपायललाई प्रदेशको राजधानी माग्दै आएका यहाँका स्थानीयले राजधानी माग मात्रै नभएर आफ्mनो अधिकार रहेको बताउँदै आएका छन् । बाइसे–चौबिसे राज्यकालदेखि नै यो क्षेत्रको प्रमुख केन्द्र रहँदै आएको डोटी राणाशासनकालमा पनि देशभरकै चार प्रशानिक ‘गौडा’ मध्येको एक थियो । २०३९ सालमा पाँचौँ विकास क्षेत्रको रुपमा नौ जिल्लालाई विभाजन गरेपनि डोटीको दिपायल नै क्षेत्रीय सदरमूकाम बन्यो ।

“अधिकारका लागि हामीले हिजो संघर्ष गरेका हौँ । पाएको अधिकार गुमाउन होइन”–स्थानीय नेता वीरेन्द्र शाह भन्छन्, “अरुलाई दोहो¥याई–तेह¥याई अधिकार दिँदा हाम्रो अधिकार खोस्ने छुट कसैलाई छैन् ।”

दिपायल सुदूरपश्चिमका नौवटै जिल्लाको भौगोलिक केन्द्र पनि हो । विगतमा क्षेत्रीय सदरमुकाम भैसकेकाले पनि यहाँ पर्याप्त भौतिक संरचना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस