२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ताजकिस्तान एएफसी कपको क्वाटरफाइनलमा प्रवेश

अ+ अ-

काठमाडौँ । ताजकिस्तान एएफसी एशिया कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा ताजकिस्तानले युएईलाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले पराजित गर्‍यो । 

जितसँगै ताजकिस्तानले अन्तिम ८ मा स्थान पक्का गरेको छ । निर्धारित समय एक एक गोलेको बराबरीमा सकिएपछि थप गरिएको अतिरिक्त समयबाट पनि नतिजा निस्किएन । अन्ततः पेनाल्टी सुटआउटमा ताजकिस्तान ५–३ ले जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो ।

निर्धारित समयको ३० औं मिनेटमा ताजकिस्तानले वाहदत हनोनोवले जोइब जुराबोवको पासमा गोल गरेपछि अग्रता लिएको थियो । १ गोलले जित नजिक रहेको अवस्थामा युएईले दोस्रो हाफको अतिरिक्त पाँचौं मिनेटमा खलिफा अल हमादीले अलि सलेहको पासमा गोल गर्दै खेल एक एकको बराबरीमा ल्याए ।

त्यसपछि थप गरिएको ३० मिनेटमा दुवै टोलीबाट गोल ननिस्कएपछि पेनाल्टी सुटआउटको सहारा लिनु परेको थियो ।

जसमा ताजकिस्तानका पाँचै जनाले गोल गर्दा युएईका ३ जना मात्र सफल भएका थिए । ताजकिस्तानका अख्तम नजरोव, वाहदत हनोनोव, एहसन पंजशावे, रुस्तम सोइरोव र अलीशेर शुकरोव सवैले गरेको प्रहार गोलमा परिणत भएको थियो ।

उता, युएईका अब्दुल्ला इदरीस, फाबियो लिमा र अली सालेहले गोल गर्दा काइओ क्यानेडोको प्रहार विफल भएपछि युएई प्रतियोगिताबाटै बाहिर हुन पुग्यो ।

यसअघि आइतबारको खेलमा विजयी हुँदै अस्ट्रेलियाले पनि अन्तिम ८ मा स्थान पक्का गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस