२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्ण खोप कार्यक्रममा अन्धाधुन्ध खर्च गरियो, अनुसन्धान गर्छौँ : स्वास्थ्यमन्त्री बस्नेत

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेतले सरकारले लागु गरेको पूर्ण खोप कार्यक्रम अगाडि बढ्न नसकेको बताएका छन् ।

राष्ट्रिय दादुरा-रुबेला खोप अभियानको उच्चस्तरीय बैठकमा बोल्दै उनले पूर्ण खोप कार्यक्रम ५२ प्रतिशतभन्दा माथि उठ्न नसकेको भन्दै यसरी लक्ष्य पुरा नहुने बताए । उनले भने, ‘हामीले पूर्ण खोप भनेपनि ५२ प्रतिशतभन्दा अगाडि बढ्न सकेको छैन । यो हामीले आ-आफ्नो तरिकाले परिभाषित गरेर बसिरहेका छौँ । यही तरिकाले अगाडि बढ्ने हो भने हाम्रो लक्ष्य पूरा हुनेमा मलाई विश्वास छैन ।’मन्त्री बस्नेतले पूर्ण खोप प्रोजेक्ट अन्तर्गत नेपालमा आउने बजेटको अन्धाधुन्ध रपमा खर्च भइरहेको भन्दै यसको छानबिन गर्नुपर्ने बताए ।

उनले अघि भने, ‘जे जे खर्च भइरहेको छ, कहाँ, कसरी खर्च भइरहेको छ, नेपालको नाममा आएको छ कहाँ गएको छ रु, त्यसकारणले सबैतिर छानबिन गर्नुपर्ने अवस्था सिर्जना भएको छ । हामी सेफ द चिल्ड्रेनले गरेको कार्यक्रमबाट सुरुवात गर्दैछौ । छानबिन गर्नका लागि कमिटि गठन गर्दै छौँ ।’

स्वास्थ्य क्षेत्रमा सञ्चालित कार्यक्रमहरुका लक्ष्य पुरा नहुन कसले रोक्यो भन्ने प्रश्न गर्दै उनले म्याचफिक्सिङ् भएको उल्लेख गरे ।
स्वास्थ्य मन्त्रालय संवेदना बोकेको मन्त्रालय भएको बताउँदै उनले परिणममुखी नतिजा आउन गरि काम गर्न आग्रह गरे । उनले भने, ‘यो जन्ती जाने काम नगरौँ, जुन जुन विषयमा नभई नहुने हो जसको विषय विज्ञता छ त्यो जाउँ, अरु काम नभएकाहरु मन्त्रालयमा नै बसौँ । यो विषयमा गम्भीर भएर छलफल गरौँ । यो कामलाई छिटो अगाडि बढौँ ।’