२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुक काँग्रेसको नीतिअनुसार चलेको छ : उपसभापति खड्का

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मुलुक काँग्रेसकै नीतिअनुसार चलेको बताएका छन्।

शनिबार नेपाली काँग्रेस जिल्ला समितिले नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले आयोजना गरेको प्रशिक्षणका क्रममा उनले संविधान निर्माणदेखि कार्यान्वयनसम्म काँग्रेसले नै नेतृत्व गरेको र सोही अनुसार काम भइरहेको बताए।  उनले आगामी  महासमिति बैठकपछि  महासमिति सदस्यहरु थप ठूलो आशा र भरोसा जाग्नेगरी पार्टीले अभियान सुरु गर्ने जानकारी पनि दिए। 

कार्यवहाक प्रधानमन्त्री एवम् रक्षामन्त्री समेत रहेका उपसभापति खड्काले काँग्रेसभित्र निर्वाचित हुने, उम्मेदवार र निर्वाचित गराउने ठूलो पंक्तिका बीच  खटपट हुने नदिने गरि काम गर्नु पर्नेमा जोड दिए। जनप्रतिनिधि र पार्टी पति मेलेर काम गर्दा  जनप्रतिनिधिले गरेको काम पार्टीले अपनत्व लिने अवस्था हुने र  जनताका बीचमा जान थप सहज हुने उनको भनाइ थियो।

उपसभापति खड्काले १३औँ महाधिवेशनमा मासिक सबै तहका समितिको मासिक बैठक बस्ने गरी विधान संशोधन गरिएको तर सो अनुसार काम नभएको गुनासो गरे। उनले आम जनताको विश्वास नेपाली काँग्रेसमा भएको भन्दै उक्त विश्वासलाई कायम राख्दै अगाडि बढन नेता तथा कार्यकर्तालाई सुझाव दिए।

उनले संविधान निर्माण गर्दा जसरी काँग्रेसले अपनत्व लिएको थियो सोही अनुसार कार्यान्वयनमा पनि क्रियाशिल भएर लाग्नुपर्नेमा जोड दिए। ‘संविधान निर्माणदेखि कार्यान्वयनसम्म काँग्रेसले नै नेतृत्व लिएको छ, आगाम दिनमा पनि काँग्रेसले गरेका राम्रा कामको अपनत्व लिनुपर्छ,’ उनले भने।

२०४६ सालपछि विकास निर्माणको ठूलो काम काँग्रेसकै नेतृत्वमा सम्भव भएको तर त्यो काम जनताका माझ पुर्‍याउन नसकिएको उनको भनाइ थियो। उनले पार्टी सुधार र रुपान्तरणका लागि भाषणले नहुने भन्दै आफूभित्रको कमजोरी स्वीकार गरी त्यसलाई नदोहोर्याउने गरी सुधार गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस