२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६ महिनासम्म किन कार्यक्षेत्र गएनन् राजदूत ?

अ+ अ-

काठमाडौं । स्पेनका लागि नेपाली राजदूत नियुक्त भएका भरतबहादुर रायमाझी ६ महिनासम्म पनि कार्यक्षेत्र गएका छैनन् । सेनाका पूर्वसहायकरथीसमेत रहेका उनी राप्रपाको कोटाबाट राजदूत सिफारिसमा परेका थिए ।

स्पेनमा अहिले दूतावाससमेत छैन । परराष्ट्रका दुईजना कर्मचारी त्यहाँ पुगेका छन् । राप्रपाकै सिफारिसमा सँगै राजदूत भएका प्रतिभा राणा र निरञ्जन थापा क्रमशः जापान तथा इजरायल गएर कार्यभार सम्हालिसकेका छन् ।

अहिले राप्रपा अध्यक्ष कमल थापाले उनलाई स्पेन पठाउन प्रधानमन्त्रीलाई आग्रह गरिरहेका छन् । रायमाझी राप्रपाका केन्द्रीय सदस्य तथा नाताले थापाका सम्धी पनि हुन् ।

एक मन्त्रीका अनुसार गत बिहीबारको मन्त्रिपरिषद् बैठकमा उपप्रधानमन्त्री थापाले राजदूत रायमाझीलाई तत्काल स्पेन पठाउने व्यवस्था मिलाउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए । बैठकमा प्रधानमन्त्रीले त्यसबारे परराष्ट्रसचिवसँग कुरा गर्ने आश्वासन दिएका थिए ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार बिहीबार मन्त्रिपरिषद् बैठकपछि परराष्ट्रसचिव शंकरदास बैरागीसँग प्रधानमन्त्रीले चासो व्यक्त गरेका थिए । राजदूत रायमाझीले भने औपचारिक रूपमा धेरै बोल्न चाहेनन् । उनले भने, ‘म यतै (काठमाडौं)मै छु, कार्यक्षेत्र गएको छैन । परराष्ट्र मन्त्रालय गइरहेको छु ।’

नेपाल र स्पेनबीच ३१ वैशाख ०२५ मा कूटनीतिक समबन्ध स्थापना भएको थियो । सरकारले निर्णय गरे पनि हालसम्म स्पेनमा राजदूतावास स्थापना भइसकेको छैन । त्यहाँ दूतावास भवन, निजी आवासलगायतको बन्दोबस्त पनि छैन ।

परराष्ट्र स्रोतका अनुसार रायमाझीले स्पेनको हवाई टिकट र दूतावास स्थापना गर्न आवश्यक बजेटको बन्दोबस्त गर्न आग्रह गर्दै आएका छन् । ‘राप्रपाको सत्तारोहण र सत्तागमनका कारण उहाँ स्पेन जाने विषय पनि अन्योलमा पर्दै आयो, ६ महिनासम्म जाने अवस्था भएन,’ परराष्ट्रका एक अधिकारीले नाम नछाप्ने सर्तमा नयाँ पत्रिकासँग भने, ‘नयाँ मतादेशपछि उहाँको पार्टी (राप्रपा) नै अस्तित्वमा आएन, अब उहाँ नजाँदै राम्रो हुन्छ भन्ने हाम्रो सुझाब छ । त्यही कारण उहाँलाई अहिले पठाउने अवस्थामा हामी छैनौँ ।’ वामपन्थी गठबन्धनको सरकार गठन भएको अवस्थामा कांग्रेस, राप्रपा तथा तत्कालीन फोरम लोकतान्त्रिकको कोटाबाट राजदूत भएकालाई फिर्ता बोलाउने अनुमानका आधारमा रायमाझी नजाँदा उपयुक्त हुने परराष्ट्रका अधिकारीको धारणा छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस