सुनचाँदीको भाउ घट्यो, कतिमा भइरहेको छ कारोबार ? « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

सुनचाँदीको भाउ घट्यो, कतिमा भइरहेको छ कारोबार ?


४ माघ २०८०, बिहिबार


काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ७०० रुपैयाँले घटेको हो। महासङ्घका अनुसार बिहीबार छापावाल सुन एक लाख १७ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन एक लाख १८ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर १३९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस