२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगको म्याद थप गर्न ऐन संशोधन हुँदै

अ+ अ-

काठमाडौँ । बिनाकुनै निष्कर्ष कार्यकाल पूरा हुन लागेका संक्रमणकालीन न्यायको व्यवस्थापनका लागि गठित दुई आयोगको अवधि थप गर्न सरकारले गृहकार्य सुरु गरेको छ । यसका लागि दुवै आयोगको परामर्शमा ऐन संशोधनको मस्यौदा शान्ति मन्त्रालयले तयार पारिरहेको छ ।

‘६० हजारभन्दा बढी पीडितले उजुरी दर्ता गराएका छन्,’ शान्ति मन्त्रालयको कानुनी महाशाखा पनि सम्हालिरहेका रक्षा मन्त्रालयका सहसचिव ऋषि राजभण्डारीले कान्तिपुरसँग भने, ‘तिनलाई न्याय प्रदान नगरी आयोगलाई त्यसै छाड्न नमिल्ने भएकाले म्याद थप गर्न आवश्यक भएको हो ।’

सरकारले केही अघि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगलाई पत्र पठाएर म्याद थपका लागि कुनै सर्त भए लेखी पठाउन परिपत्र गरेको थियो । सत्य निरुपणले आफ्ना सर्त पहिल्यै लेखी पठाइसकेकाले त्यसैअनुसार काम गर्न भन्दै सरकारलाई जवाफ पठाएको छ भने बेपत्ता आयोगले चाहिँ ५ सर्तसहित तीन वर्ष म्याद थप गर्नुपर्ने माग गरेको छ । ‘यही स्थितिमा म्याद थप गर्नुको औचित्य छैन र हामीले यति नै अवधि म्याद थप गर्नुपर्छ भनेर पनि भनेका छैनौं,’ मेलमिलाप आयोगकी सदस्य मञ्चला झाले भनिन्, ‘२०७२ पुस १ गते नै हामीले ऐन संशोधन गर्नुपर्ने ८ बुँदासहित सरकारलाई पत्र पठाएका थियौं, त्यो पूरा गर्न फेरि हामीले भनेका छौं ।’

सर्वोच्च अदालतको आदेशअनुसार ऐन संशोधन हुनुपर्ने, गैरन्यायिक हत्या, बलात्कार तथा यातनाबाहेक अन्य मानव अधिकार उल्लंघनका घटनामा पीडित र पीडकबीच मेलमिलापको प्रबन्ध हुनुपर्नेलगायत माग सत्य निरुपण आयोगको छ । त्यस्तै, बेपत्ता आयोगले बेपत्ताको कानुनी हैसियत प्रस्ट हुनुपर्ने, बेपत्ता पार्ने कामलाई अपराधीकरण गर्न ऐन ल्याइनुपर्ने, राजनीतिक दलहरूले अनुसन्धानमा सघाउनुपर्ने, सर्वोच्चको निर्णयअनुसार ऐन संशोधन हुनुपर्ने र आयोगले कतिपय आर्थिक निर्णय आफूअनुसार गर्न पाउनुपर्ने माग राखेर म्याद थप गरिदिन सरकारलाई पत्र लेखेको थियो । ‘यी माग पूरा भए हामीलाई घटनाहरूको अनुसन्धानका लागि कम्तीमा तीन वर्षको समय चाहिन्छ,’ बेपत्ता आयोगका प्रवक्ता विष्णु पाठकले भने ।

सहसचिव राजभण्डारीका अनुसार सरकारले दुवै आयोगका सुझाव समेटेर ऐन संशोधनको मस्यौदा तयार पारिरहेको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ अनुसार अधिकतम ३ वर्षको कार्यकाल पूरा गरी दुवै आयोग माघ २६ गते विघटन हुँदै छन् । पीडितले दिएका ६१ हजारमध्ये सत्य निरुपण आयोगले ६ सयजति उजुरीको मात्रै छानबिन सकेको जनाएको छ भने बेपत्ता आयोगले ३ हजारमध्ये २ सय ६ उजुरीको मात्र विस्तृत छानबिन सकेको बताएको छ । यसमा पनि ऐन अभावमा पीडकहरूलाई बोलाएर सोधपुछसमेत गर्न नसकिएकाले अनुसन्धान भएका उजुरीमा पनि कारबाहीको सिफारिस भने गर्न सक्ने अवस्थामा आफूहरू नभएको बेपत्ताका प्रवक्ता पाठकले बताए ।

पीडितले न्याय पाइएला भनेर यतिका विश्वाससाथ आयोगमा दिएका उजुरी म्याद थप हुन नसके त्यसै अलपत्र पर्ने र राज्य तथा तत्कालीन विद्रोही दुवै पक्षका पीडकले ती उजुरी हात पारेर पीडितलाई थप अप्ठेरामा पार्न सक्ने भन्दै गत साता मानव अधिकार आयोगले म्याद सकिए पीडितको गोप्यताका बारेमा के हुन्छ भनेर दुवै आयोगका अध्यक्षलाई बोलाएर सोधेको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस