२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य बीमाबाट हुने उपचारको दायरा बढाउने तयारी

अ+ अ-

काठमाडौँ । सरकारले स्वास्थ्य बीमाबाट हुने उपचारको दायरा एक लाखबाट बढाउने भएको छ । योगदान रकममा पुनरावलोकन गर्ने गरी सुविधाको दायरा बढाउने तयारी गरिएको हो ।

बीमा कार्यक्रम परिवारका सबै सदस्य सहभागी हुने गरी परिवारको योगदानमा आधारित छ । प्रति पाँच जनाको परिवारले वार्षिक ३५०० रुपैयाँ तिर्नुपर्ने हुन्छ । परिवारमा पाँच जना भन्दा बढी सदस्य भए प्रति सदस्य ७०० रुपैयाँ थप रकम बुझाउनुपर्ने हुन्छ । बीमाको सुविधा थैलीमा पाँच जनाको परिवारको हकमा १ लाख र पाँच जनाभन्दा बढी परिवारका सदस्य भएका खण्डमा प्रति ७०० थप गर्दा २० हजारको दरले अधिकतम २ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा लिन सक्छन् ।

पछिल्लो समय स्वास्थ्य सेवा आएको महँगीका कारणले नागरिकले पाउने सुविधा कम हुँदै जाँदा त्यसलाई परिमार्जन गर्नुपर्ने अवस्था आएको स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले बताए ।

बोर्डले उपचारका दायरा कुन मोडलमा बढाउने भन्ने विषयमा बोर्डका सदस्यलाई एक महिनाभित्र प्रतिवेदन पेश गर्न र विज्ञसँग राय लिने काम गरिरहेको छ । पछिल्लो समय मुटु, क्यान्सर, मिर्गौला जस्ता नसर्ने रोगका कारण नागरिकले उपचारको क्रममा घरखेत नै बेच्नुपर्ने अवस्था छ । डा. लोहनीका अनुसार नागरिकलाई उपचारमा बढी भार परेको रोगलाई लक्षित प्याकेज राखेर पनि दायरा बढाउने योजना छ ।