२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिसोमा बाढीपीडितको पालमुनि बास

अ+ अ-

इटहरी । बाढीबाट विस्थापित भएको पाँच महिना बितिसक्दा पनि इटहरीका बाढीपीडित पालमुनि सुत्न बाध्य छन् । उनीहरू बूढीखोला किनारको चिसोमा दिन बिताइरहेका हुन् । चिसोबाट गर्भवती, सुत्केरी महिला र साना बालबच्चा झन् पीडित छन् ।

इटहरी–३ मा मात्रै झन्डै ३० परिवार पालमुनि बसिरहेका छन् । अन्य ठाउँमा पनि एक दर्जन परिवार पालमुनि बसेका छन् । जहाँ उनीहरूको जीवन कष्टकर छ । त्यसमाथि पनि जाडो तथा पानी परेका बेला अझ धेरै समस्या छ । बच्चाहरू बिरामी भइरहने गरेको स्थानीय सकुन लिम्बू बताउँछिन् । ‘बिरामी भइरहन्छन्, अस्पताल कुदाएर औषधि ल्यायो,’ लिम्बू भन्छिन्, ‘ओच्छ्यानभरि औषधि नै औषधि हुन्छ ।’

एक वर्षअघि मात्र १० लाख रुपैयाँ खर्चेर घर बनाएकी कौशिला लिम्बूको घर बाढीले बस्नै नहुने बनाइदिएको छ । उनको घर बालुवाले भरिएको छ। बेला बेलामा नातिनीलाई ढाडमा बोकेर उनी घर हेर्न जान्छिन् । ‘६ लाख रुपैयाँ अझै ऋण छ’, उनी भन्छिन्, ‘केही सामान निकाल्न पाइएन, म, बुहारी र छोरी थियौं, भाग्यले बाँच्यौं ।’

त्यसयता उनी विस्थापित बनेकी छन् । विस्थापित भएर बस्दा खान, लगाउन टुंगो छैन। पाँच महिना भइसक्यो, जीवन सामान्य बनेको छैन । ‘कहाँ जानु अरूतिर कतै केही छैन,’ उनी भन्छिन्, ‘खोला किनारमा चिसोमा निकै दुःख छ, तैपनि बस्नै पर्नेछ ।’

बूढीखोलामा आएको बाढीका कारण इटहरीको बूढीखोला किनारमा बसेका विभिन्न बस्तीमा गरी ६ जना बढीको मृत्यु भएको थियो । दर्जनौं घरपरिवार विस्थापित भएका थिए । विस्थापितमध्ये कतिले पुरानै घर मर्मत गरेर बसेका छन् भने कतिले पुनः त्यही खोला किनारमा अस्थायी घर बनाइरहेका छन् ।

इटहरी–३ मा भने सहारा नेपाल र वडा समिति कार्यालयको पहलमा उनीहरूका लागि आवास बनाइएको हो । तर, त्रिपाल प्रयोग गरेर बनाइएको यस्तो घर पनि भरपर्दो छैन । त्यसमाथि केही घर बनाउन ऐलानी जग्गा वडासमिति कार्यालय स्वयंले किनबेच गरेको छ । आजको अन्नपूर्ण अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस