छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ


२४ पुस २०८०, मंगलबार


घुससहित रंगेहात पक्राउ

काठमाडौँ। छोराको हत्या गरेको आरोपमा प्रहरीले इलामको माई नगरपालिकाका एक जना पुरुषलाई पक्राउ गरेको छ ।

प्रहरीले माई नगरपालिका-छका ३७ वर्षीय दिलबहादुर राईलाई पक्राउ गरेको हो । उनले १८ वर्षीय छोरा जीवन राईको हत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनीहरुबीच सोमवार राति घरेलु विषयमा विवाद भएको थियो । त्यस क्रममा दिलकुमारले छोरामाथि खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट सिकिस्त घाइते भएका जीवनलाई उपचारका लागि झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा उनको मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त घटनापछि गाउँलेले दिलकुमारलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । उनलाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस