२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनको प्रस्ताव : तातोपानी नाकामा संयुक्त सुरक्षा कमान्ड

अ+ अ-

काठमाडौं । चीनले तिब्बती गतिविधि नियन्त्रण गर्ने संयुक्त सुरक्षा संयन्त्र निर्माण गरेर तातोपानी नाका खोल्ने सन्देश दिएको छ । गत शनिबार खासामा भएको दुईपक्षीय बैठकमा चीनले प्रस्तुत गरेको ‘ज्वाइन्ट कमान्ड मेकानिज्म’ र ‘ज्वाइन्ट कमान्ड मेकानिज्म अफिस’ स्थापनाको प्रस्ताव लिएर सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी काठमाडौं आएका छन् । गत असारमा रसुवामा पनि यस्तो संयन्त्र गठन भइसकेको छ ।

तिब्बतको खासामा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग चीनको सीमा सुरक्षा हेर्ने सिनियर कर्नेल वाङ जिङ त्याङ्वीले दुई दस्ताबेज पेस गरेका थिए । ‘प्रतिवेदन लिएर काठमाडौं आएको छु । गृह मन्त्रालयले जे निर्देशन दिन्छ, त्यहीअनुसार अघि बढ्छु,’ सिडिओ तामाङले नयाँ पत्रिकासँग भने ।

उनका अनुसार सीमावर्ती क्षेत्रमा तिब्बतीहरूको गतिविधि भइरहेको चिनियाँ अधिकारीहरूको आशंका थियो । उनीहरूले बाह्रबिसेमा यस्ता गतिविधि भइरहेको दलिल नै पेस गरेका थिए । तर, नेपाली अधिकारीले त्यस्तो नरहेको स्पष्ट पारेका थिए ।

‘सिडिओ, जिल्ला प्रहरी प्रमुख, सशस्त्र सीमा बलका प्रमुख अनि अप्रेसन अफिसरको तहमा संयुक्त कमान्ड बनाउने, संयुक्त गस्तीदेखि चेकिङसम्म गर्ने, कार्यालय स्थापना गर्नेसम्मको प्रस्ताव आएको छ,’ तामाङले भने, ‘चीनको सुरक्षाका लागि सूचना दिएबापत सघाउने नेपाली सुरक्षाकर्मीलाई पुरस्कृत गर्नेसमेतको चिनियाँ प्रस्ताव छ ।’ त्यसबापत नेपाललाई आर्थिक भार नपर्ने चिनियाँ अधिकारीहरूले बैठकमा बताएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस