२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जयशंकरको भ्रमणका क्रममा गोप्य र षड्यन्त्रपूर्ण सम्झौता गरियो : इश्वर पोखरेल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा गठबन्धन सरकारले राष्ट्रको स्वाधीनतामा आँचपुग्ने कतिपय गोप्य र षड्यन्त्रपूर्ण ढंगले सम्झौता गरेको आरोप लगाएका छन् ।

पोखरेलले सो विषयलाई लिएर एमाले गम्भीर भएको बताए । शनिबार ललितपुरमा एमाले निकट जनसाँस्कृतिक महासंघले आयोजना गरेको ‘जबजको सौन्दर्य चिन्तन’ नामक ग्रन्थको लोकार्पणमा बोल्दै पोखरेलले जयशंकरको भ्रमणलाई लिएर प्रमुख प्रतिपक्षी दलसँग सरकारले कुनै प्रकारले छलफल नगरेकोप्रति तिक्तता पोखे ।

एमाले आफ्नो एजेण्डामा स्पष्ट रहेको उल्लेख गर्दै उनले नेपालको राष्ट्रिय स्वार्थलाई हित हुने गरी छिमेकीसँग आँखामा आँखा जुधाएर अहिलेको सरकारले काम गर्न नसकेको बताए । राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका विषयहरू गठबन्धन सरकारले धुमिल बनाउँदै लगेको पोखरेलको आरोप थियो । ‘हालसालै छिमेकी देशका परराष्ट्र मन्त्री भ्रमणमा आउँदा गरिएका सहमति र सम्झौताहरू नेपालका कुनै प्रतिपक्षी दलहरूसँग सल्लाह वा विमर्श केही भएको छैन । कुनै जानकारी छैन । गोप्य ढंगले र षड्यन्त्रपूर्ण ढंगले वास्तवमा नेपालको स्वाधीनतामा आँच आउने पुग्ने हिसाबले कतिपय विषयहरू सम्झौता गर्ने नाममा गरिएका छन् । यसलाई नेकपा एमालेले अत्यन्तै गम्भीर रूपमा लिएको छ ।’

आफ्नो सरकारको पालामा बलियो बनाएको राष्ट्रिय एकताको कुरालाई अहिलेको सरकारले धुमिल पारेको आरोप लगाउँदै पोखरेलले सामाजिक सद्भाव र एकतालाई खलबल्याएर राष्ट्रिय स्वाधीनतामाथि आँच पुर्‍याउन खोजिएकाले त्यसतर्फ शर्तक रहेर सामाजिक सद्भाव अभिवृद्धि गर्न लाग्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस