२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामुदायिक विद्यालयमा बजेट अभाव

अ+ अ-

काठमाडौं । धादिङ त्रिपुरासुन्दरी वडा नम्बर २ स्थित सल्यानटार माध्यमिक विद्यालयले भौतिक संरचना निर्माण तथा विद्यालयको मसलन्द खर्च शीर्षकमा सरकारले दिएको रकम कटौती गरेर शिक्षकलाई तलब खुवाएको लामो समय भइसकेको छ।

विद्यार्थी पढाउन सरकारी दरबन्दीबाट नियुक्ति भएका शिक्षकबाट मात्र अपुग भएपछि आन्तरिक स्रोतबाट तलब खुवाउने गरी विद्यालयले पाँच जना शिक्षक नियुक्त गरेको छ। गुणस्तरीय शिक्षा प्रदान गर्न र नजिकै रहेको निजीस्तरका स्कुलसँग प्रतिस्पर्धा गरेर विद्यार्थी टिकाइराख्न आफूहरूले समस्या नै बेहोरेर भए पनि ती शिक्षक नियुक्त गर्नुपरेको विद्यालयको भनाइ छ।

कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयमा सरकारी दरबन्दी र आन्तरिक स्रोत गरी १९ शिक्षक र चार सय ७८ जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयका पूर्वप्रधानाध्यापक तथा नेपाली विषयका शिक्षक भवराज पाण्डेले भने, ‘विद्यालयलाई आवश्यक पर्ने सबै शिक्षक कोटा राज्यले दिन सकेको छैन। आफैं शिक्षक नियुक्त गर्दा कहिले चक डस्टर किन्न आएको पैसा कटौती गर्नुपर्छ त कहिले विद्यालयको भवन वा अन्य संरचना बनाउन आएको रकमबाट केही जोगाएर शिक्षक कर्मचारीलाई तलब खुवाउनुपर्छ।’

उनका अनुसार केही वर्षअघिसम्म मात्र सरकारले दिएको राहत दरबन्दीमा नियुक्त भएका शिक्षकको मासिक तलबमा केही प्रतिशत कटौती गरेर पनि आन्तरिक स्रोतका शिक्षकलाई तलब खुवाइएको थियो।

कक्षा ५ सम्म पढाइ हुने काभ्रेपलान्चोक महादेवस्थानस्थित कालीदेवी आधारभूत विद्यालयमा पनि सरकारी तलबसुविधा लिनेगरी नियुक्त भएका शिक्षक तीन जना मात्र छन्, दुई जना दरबन्दीका र एक जना राहत कोटाका। यस विद्यालयले सातजना शिक्षकलाई आन्तरिक स्रोत जुटाएर तलब खुवाउने गरी नियुक्त गरेको छ।

‘जब हरेक महिना शिक्षकलाई तलब खुवाउने बेला हुन्छ, त्यसपछि तनाव सुरु हुन्छ’, विद्यालयका प्रधानाध्यापक प्रेमलाल श्रेष्ठले भने, ‘कहिले विदेशमा बसेका गाउँले दाजुभाइले पठाइदिएको पैसाबाट त कहिले जिल्लामा क्रियाशील स्थानीय सामाजिक संघसंस्थाले दिएको रकमबाट शिक्षकलाई तलब खुवाइरहेका छौं ।’

स्थानीय स्रोतबाट तलब लिने गरी नियुक्त भएका शिक्षकलाई आर्थिक समस्याकै कारण मासिक अधिकतम आठ हजार र न्यूनतम ६ हजार रुपैयाँभन्दा धेरै दिन सकिएको छैन। विद्यालयको पुराना भवन भूकम्पले भत्काएर नयाँ आधुनिक भवन निर्माण भएसँगै विद्यार्थी आकर्षण बढिरहेको छ। तर, आवश्यक शिक्षक नहुँदा समस्या भएको छ। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस