पशुपतिमा हुने आरतीको भिडियो खिच्न नपाइने सूचनामा कोषको संलग्नता छैन « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

पशुपतिमा हुने आरतीको भिडियो खिच्न नपाइने सूचनामा कोषको संलग्नता छैन


२१ पुस २०८०, शनिबार


काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपतिको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न मनाही भएको आशय सहित जारी भएको सूचनामा कोषको संलग्नता नभएको बताएको छ। 

कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले विज्ञप्ति निकालेर भिडियो खिच्न नपाइने सूचनामा कोषको असहमति रहेको र यस्तो सूचनाप्रति कोषको कुनै पनि संलग्नता नरहेको दाबी गरेकी छन् । 

यसअघि पशुपति क्षेत्र विकास कोष र बुढासुब्बा डिजिटल प्रालिको नाममा सार्वजनिक भएको सूचनामा पशुपति क्षेत्रमा भिडियो खिचेर सामाजिक सञ्जालमा राखे कपी राइट ऐन अन्तर्गत कारबाही हुने उल्लेख थियो ।

यसको चौतर्फी विरोध भएपछि कोषले यसमा आफ्नो संलग्नता नरहेको बताएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस