२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश प्रमुख र अस्थायी राजधानी एक साताभित्र

अ+ अ-

काठमाडौं । सरकारले एक साताभित्र प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ । निर्वाचन आयोगले प्रदेश सभातर्फ समानुपातिक प्रणालीको मतपरिणाम सार्वजनिक गरिसकेकाले सरकारलाई प्रदेश प्रमुख तोक्न दबाब परेको हो । आयोगले शुक्रबार प्रदेश सभामा समानुपातिकतर्फ दलहरूले पाएको मतपरिणाम सार्वजनिक गरेको छ ।

अब आयोगले सिटका आधारमा विजयी उम्मेदवारको घोषणा गर्नेछ । र, त्यस्तो प्रतिवेदन सात दिनभित्र प्रदेश प्रमुखलाई बुझाउनुपर्ने व्यवस्था छ । तर, अझै पनि प्रदेश प्रमुख नतोकिएकाले सरकारलाई दबाब बढेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले बिहीबारसम्म प्रदेशको राजधानी र प्रमुख नियुक्त भइसक्ने बताए । सरकारले अघिल्लो बिहीबार नै प्रदेशको राजधानी र प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेको थियो ।

तर, अन्य दलहरूसँग सहमति गर्न खोजेकाले ढिला भएको उनले बताए । ‘शुक्रबार सर्वदलीय बैठक राखिएको थियो, सकेसम्म राजनीतिक सहमतिका आधारमा निर्णय गर्न भनेर कुरेको हो, अब सरकारले आफ्नो तरिकाले निर्णय लिन्छ,’ परियारले भने ।

शुक्रबारको बैठकमा प्रदेश प्रमुख नियुक्त गर्ने विषयमा कुनै सहमति हुन नसकेकाले अब सरकारले एक साताभित्र प्रदेश प्रमुख नियुक्त गर्ने उनको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments