२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्प प्रभावितका लागि २६ करोडभन्दा बढी रकम जम्मा

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २६ करोडभन्दा बढी रकम जम्मा भएको छ । कोषमा अहिलेसम्म विभिन्न व्यक्ति, संस्था तथा निकायबाट २६ करोड ३८ लाख नौ हजार ६६४ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको हो ।

जसमा सबैभन्दा बढी भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एक करोड ११ लाख ११ हजार रुपैयाँ जम्मा गरेका छन् । दोस्रोमा राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, नेपाल नागरिक उड्डयन प्राधिकरण, गोर्खा ब्रुअरी प्रालि, बुद्ध एयर र सूर्य नेपाल प्रालिले एक-एक करोड रुपैयाँ जम्मा गरेका छन् ।

तेस्रोमा नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, कृषि विकास बैंकले ५०-५० लाख रुपैयाँ कोषमा जम्मा गरेका छन् । नेकपा एकीकृत समाजवादी, लुम्बिनी विकास कोष, नेपाल रिइन्सुरेन्स कम्पनी लिमिटेड, एभरेष्ट बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, यती ब्रुअरी लिमिटेडले २५-२५ लाख रकम जम्मा गरेका छन् ।

यस्तै पीएडीटी मन्दुर सेवाले २१ लाख २१ हजार २२१, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले १२ लाख ५० हजार, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ११ लाख ५१ हजार १००, एयर डाइनेष्टीले ११ लाख ११ हजार १११ रुपैयाँ कोषमा जम्मा गरेका छन् ।

आईएमई लिमिटेड, आईएमई लाइफ इन्सुरेन्स कम्पनी, कैलाश हेलिकोप्टरर्स सर्भिस लिमिटेड, प्रभु महालक्ष्मी लाइभ इन्सुरेन्स कम्पनी, महालक्ष्मी विकास बैंकले १०९१० लाख रुपैयाँ जम्मा गर्दा आईएमई होल्डिङ प्रालिले ६ लाख ५० हजार, आईएमई इन्भेष्टमेन्ट प्रालिले ६ लाख रुपैयाँ जम्मा गरेका छन् ।

यस्तै सुनसरीको धरान उपमहानगरपालिका, नेपाल एसबीआई बैंक लिमिटेड, तारागाउँ रिजेन्सी होटेल, भेगास रिक्रियसन नेपाल प्रालि, रेभाची इन्टरनेशनल प्रालि, जीएमई रेमिट प्रालि, प्राइड इन्टरटेन्मेन्ट एण्ड रिक्रियसन, महजोङ इन्टरटेन्मेन्ट प्रालि, इम्पेरियर इन्टरटेनमेन्ट प्रालि, एन्लान्टिक रिक्रियसन प्रालि, बेलिज नेपाल प्रालि, अल्टिच्युट एयर प्रालि, मुक्तिनाथ दर्शन प्रालि र केएनपी जापाना प्रालिले पाँच९पाँच लाख रकम कोषमा जम्मा गरेका छन् ।

विभिन्न व्यक्ति, संस्था तथा निकायबाट थप सात करोड ३४ लाख २३ हजार ९९४ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सूची :