२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यादेश स्वीकृत गर्न राष्ट्रपतिलाई सरकारको आग्रह

अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशमा राष्ट्रपतिलाई दलीय अनुकूलतामा प्रयोग गर्ने कोसिस भएको भन्दै सरकारले असन्तुष्टि व्यक्त गरेको छ । समसामयिक राजनीतिक जटिलताका विषयमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले अध्यादेश स्वीकृत गर्दा सत्ता हस्तान्तरण प्रक्रिया सहज हुने बताए ।

‘सरकारले राष्ट्रिय सभा निर्वाचनको ऐन मस्यौदा गरी विधेयकका रूपमा व्यवस्थापिका संसद्समक्ष पेस गर्‍यो, तर राजनीतिक दलहरू सहमत हुन नसक्दा पारित हुन सकेन । यसलाई अत्यावश्यक ऐन मानी सरकारले अध्यादेश जारी गरेर भए पनि निर्धारित समयमै निर्वाचन सम्पन्न गराउने विकल्प रोज्यो,’ सञ्चार मन्त्रालयमा बस्नेतले पत्रकार सम्मेलन गर्दै भने, ‘सो अध्यादेश सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सरकारले दुई महिनाअघि पेस गरेको थियो । राष्ट्रपतिजस्तो सम्मानित संस्थालाई समेत यस क्रममा दलीय अनुकूलतामा प्रयोग गर्ने दुष्प्रयासको आभाष हुन थालेको छ । उक्त अध्यादेश अहिलेसम्म राष्ट्रपति कार्यालयमा रोकिएको छ, यो हामी सबैका लागि अत्यन्तै चिन्ताको विषय हो ।’

संविधानको अक्षरशः पालना गर्न सरकार तयार रहे पनि विधि र प्रक्रियाबाट अघि बढ्ने वातावरण बनाउनुको सट्टा राष्ट्रपतिलाई उक्साउने काममा अन्य दलहरू सक्रिय भएको उनले आरोप लगाए । अध्यादेश स्वीकृत गरी सत्ता हस्तान्तरणलाई सहज बनाइदिन पनि सरकारले राष्ट्रपतिलाई अनुरोध गरेको छ । ‘सम्माननीय राष्ट्रपतिज्यूबाट सो अध्यादेश स्वीकृत गरी छिटो–छरितो कार्यसम्पादनसहित सत्ता हस्तान्तरण प्रक्रियालाई सहजीकरण हुनेछ भन्ने विश्वास नेपाल सरकारले लिएको छ,’ प्रवक्ता बस्नेतले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments