१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रालयको वेबसाइटबाटै पूर्वमन्त्रीहरू गायब

अ+ अ-

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको वेबसाइटमा पूर्वमन्त्रीहरु नै गायब भएका छन् । मन्त्रालयले आफ्नो वेबसाइटमा ३८ जना पूर्वमन्त्रीहरूको सूची राखेको छ । तर, उक्त सूचीमा पूर्वमन्त्रीहरू सबैको नामावली समावेश छैन ।

मन्त्रालयले पहिलो नम्बरमा निलाम्बर आचार्यको नाम राखेको छ भने ३८ नम्बरमा दिलेन्द्र प्रसाद बडूको नाम राखेको छ । पूर्वमन्त्रीहरूको सूचीमा क्रम सङ्ख्या, नाम, मन्त्रालय सम्हालेको अवधि र तस्बिर अपलोड गरिएको छ ।  ३५ नम्बरदेखि ३८ नम्बरसम्म रहेका मन्त्रीहरूको फोटो अपलोड गरे पनि डिस्प्ले हुँदैन ।

मन्त्रालयले २०७८ साल चैत २४ गते नियुक्त भएका गोविन्द प्रसाद शर्मा (कोइराला) र २०७९ माघ ३ मा नियुक्त भएका ध्रुव बहादुर प्रधानको नाम छुटाएको छ । त्यसो त दोहोराएर केही समय मन्त्रालय सम्हालेका ज्ञानेन्द्र बहादुर कार्कीको नाम पनि समावेश छैन । यसैगरी पूर्ण बहादुर खड्काले २०८० बैशाख ६ गते उक्त मन्त्रालय सम्हालेका थिए । सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका बेला कार्कीलाई २०७९ असोज २७ मा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको थियो । 

मन्त्रालयको वेबसाइटमा रहेको पूर्वमन्त्रीहरूको सूचीमा केही मन्त्रीको नाम नराखिएको बारे प्रशासन डटकमको जिज्ञासामा अनभिज्ञता प्रकट गर्दै मन्त्रालयका एक अधिकारीले अब तत्काल राख्न लगाउने प्रतिबद्धता जाहेर गरे । उनले भने, ‘जानकारीको लागि धन्यवाद । मन्त्रालयबाट भएको गल्ती छिट्टै सुधार गर्छौँ । छुट्नु भएका पूर्वमन्त्रीहरूको नाम अपलोड गर्छौँ ।’ 

सरकारी कार्यालयका वेबसाइटकाे अवस्था सूचना सम्प्रेसण र अपडेटमा दयनीय छ । यही कारण पटक पटक आलोचित पनि हुनु परेको छ ।

प्रतिक्रिया दिनुहोस