२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्राहकको रोजाइमा बालिकाहरू उपलब्ध गराई यौनजन्य कार्यमा लगाउने व्यक्ति पक्राउ

अ+ अ-

काठमाडौँ । बालिकाहरूलाई वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । टोखा नगरपालिका वडा नं. ९ नयाँबसपार्कमा रहेका विभिन्न होटल/गेष्ट हाउसहरूमा नाबालिकाहरुलाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने नुवाकोटको तादी गाउँपालिकाका सुमन तामाङलाई प्रहरीले पक्राउ गरेको छ । 

मानव बेचबिखन अनुसन्धान व्यूरोको प्रहरी टोलीले बुधवार तामाङलाई पक्राउ गरी नाबालिकाहरुलाई उद्धार गरेको थियो । तामाङले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बालिकाहरूलाई ललाई फकाई होटलरगेष्ट हाउसहरूमा वेटर तथा सरसफाइको काममा लगाई दिने भनी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको प्रहरीले जनएको छ । 

व्यूरोका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पगेनीका अनुसार बालिकाहरूलाई वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाए बापत ग्राहकहरूबाट प्रति व्यक्ति पाँच हजारदेखि सात हजार रुपैयाँ सम्म लिने गरेको खुल्न आएको छ । 

तामाङले बालिकाहरूलाई एकै लहरमा राखी ग्राहकलाई रोज्न लगाई रेट निर्धारण गरी यौनजन्य कार्यको लागि पठाउने गरेको प्रहरीले जनाएको छ । यसै गरी होटलरगेष्ट हाउसहरूमा ग्राहकहरू ल्याउनको लागि एजेन्ट समेत नियुक्त गरेको पाइएको छ । ग्राहक ल्याए बापत प्रति व्यक्ति दुई सयदेखि एक हजार रुपैयाँ सम्म कमिसन दिने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

पीडित बालिकाहरूलाई विगत ५ महिनादेखि होटलरगेष्ट हाउसहरुबाट बाहिर समेत निस्कन नदिई जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको, पीडित बालिकाहरूको वास्तविक नाम परिवर्तन गरी नयाँ उपनाम दिई वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार : स्पा सेन्टरमा यौनधन्दा, नाबालिकालाई वेश्याबृत्तीमा लगाउने पक्राउ

प्रतिक्रिया दिनुहोस