२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘इन्टेग्रिटी आइडल २०१७’ को उपाधी शेष नारायण पौडेललाई

अ+ अ-

काठमाडौं । सन् २०१७ को ‘इन्टेग्रिटी आइडल’को उपाधी मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले प्राप्त गरेका छन् ।

आज काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बीच पौडेललाई ‘इन्टिग्रिटी आइडल २०१७’ घोषणा गरिएको हो ।

यस वर्षको ‘इन्टेग्रिटी आइडल’ मा छनौट भएका अन्तिम पाँच मध्ये एसएमएस र वेभ साईटबाट प्राप्त मतका आधारमा पौडेल ‘सर्वोत्कृष्ट’ अर्थात् ‘इन्टेग्रिटी आइडल’ को छनोटमा परेका हुन् ।

एसएमएस र वेभसाईटबाट गरी प्राप्त भएको ४१ हजार ४ मत मध्ये कुल ३५ हजार १ सय ११ मत सदर भएको थियो । जसमध्ये विजयी शेष नारायण पौडेलले सवैभन्दा बढी अर्थात् ९ हजार ९ सय ३० मत प्राप्त गरेका थिए ।

‘इन्टेग्रिटी आइडल २०१७’ को उपाधी पाउन सफल पौडेलले कार्यक्षेत्रमा खटिँदा त्यहाँको भौगोलिक, सांस्कृतिक, आर्थिक अवस्था र समुदायको अध्ययन गरेर योजनाबद्ध ढंगले सेवाग्राहिको हितमा काम काम गर्ने गरेको र विभिन्न जिल्लामा बस्दा जनताका लागि उदाहरणीय र प्रशंसनीय काम गरेको आयोजक संस्था एकाउन्ट्याविलिटी ल्यावले जनाएको छ ।

कार्यक्रममा प्रमुख अथिति लोकसेवा आयोगको अध्यक्ष उमेश प्रसाद मैनालीले उत्कृष्ठ पाँचै जनालाई प्रशंसापत्र र ट्रफि सहित सम्मान गर्दै कर्मचारीले सदैब जनताको सेवक भएर काम गर्न आवश्यक रहेको धारणा राखेका छन् ।

सेवा सहितको मुस्कानलाइ कार्यान्वयन गर्नुपर्ने भन्दै अध्यक्ष मैनालीले आयोजक संस्था एकाउन्टविलिटी ल्याबको अभ्यासको प्रशंसा गरेका छन् ।

विजेता पौडेलले जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सेवाग्राहिलाई केन्द्रविन्दुमा राखेर सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका पौडेलले उपाधीले आफुलाइ थप दायित्वबोध गराएको बताए । ‘मलाई यो सम्मानले अझ बढी थप जिम्मेवार बनाएको छ र भोलीका दिनहरुमा थप काम गर्ने प्रेरणा समेत मिलेको छ ।’ पौडेलले भने ।

मनोनयनमा परेका मध्ये जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत कृष्ण धिताल, वन विभाग काठमाण्डौमा सहायक वन अधिकृत सवनम पाठक, पञ्चदेव माध्यामिक विद्यालय मान्म कालिकोटका शिक्षक सबराज बम, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल र सामान्य प्रशासन मन्त्रालयका उपसचिव सृजना तिवारी अन्तिम ५ जनामा छनौट भएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको संयोजनमा पूर्र्व सचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी प्रमुख पुण्य प्रसाद न्यौपाने र पूर्व विज्ञान तथा प्रविधी मन्त्री गणेश शाह सदस्य रहेको निर्णायक मण्डलले विभिन्न ७ चरणको छनोट प्रकृया पश्चात विभिन्न मापदण्डका आधारमा प्रतिष्पर्धी मध्येबाट अन्तिम पाँचको छनोट गरेको आयोजकले जनाएको छ ।

नागरिक स्तरबाट सर्वोत्कृष्ट कर्मचारीलाई सम्मान गर्न ल्याबले सन् २०१४ देखि ‘इन्टेग्रिटी आइडल’ को सुरु गरेको हो । ‘इन्टिग्रिटी आइडल २०१७’ मा यस वर्षको १५ जनवरी २०१७ बाट चार महिनाकालागि मनोनयन खुल्ला गरिएको थियो । जस अन्र्तगत ७१ जिल्लाबाट १०२० वटा मनोनयन प्राप्त भएको थियो ।

नेपालबाट सुरु भएको यो अभियान चौथो संस्करणसम्म आइपुग्दा, लाईबेरिया, पाकिस्तान, माली, दक्षिण अफ्रिका, नाइजेरिया लगायतका देशमा विस्तार भैसकेको र सन् २०१८ मा श्रीलकांमा पनि यो कार्यक्रम सुरु हुने प्रकृयामा रहेको आयोजक संस्था एकाउन्टिविलिटी ल्यावका प्रमुख नारायण अधिकारीले वताए ।

जनताका लागि राम्रो काम गर्ने कर्मचारी अझै पनि जनता माझ लुकेको र भ्रष्टहरु खुले आम समाजमा हिंडिरहेको अवस्थामा कर्तव्यनिष्ठ इमान्दार कर्मचारीलाई जनताका माझ चिनाउनका लागि ‘इन्टेग्रिटी आइडल’ कार्यक्रमको सुरुवात गरिएको प्रमुख नारायण अधिकारीले बताए ।

र यो पनि,

इन्टिग्रिटी आइडलका उत्कृष्ट ५ छनोट

यस्ता छन् इन्टिग्रिटी आइडलका उत्कृष्ट ५ प्रतियोगी

इन्टिग्रिटि आइडलले अझै जिम्मेवारी थपेको छ

कामको मूल्यांकन भए जस्तो लागेको छ

इन्टिग्रिटी आइडलले सार्वजनिक क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ

इन्टिग्रिटी आइडलले नयाँ पहिचान दिएको छ

जनताको सेवामा समर्पित हुन थप हौसला प्रदान गरेको छ

प्रतिक्रिया दिनुहोस