२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शङ्कर पोखरेल भने- पहिचानवादीले एमालेसँग गुनासो गर्न आवश्यक छैन

अ+ अ-

विराटनगर । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मध्यपहाडी पुष्पलाल लोक मार्गको लम्बाई घटाउनु पर्ने बताएका छन् ।

विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । एमालेको सङ्कल्प अभियानमा लोक मार्गको प्राविधिक अडिट गर्न प्राविधिकहरूलाई जिम्मा दिएको उनले बताए । प्रारम्भिक रिपोर्टमा प्राविधिकहरूले मध्यपहाडी राजमार्गलाई समृद्धिसँग जोड्नका लागि ४ सय किलोमिटर लम्बाई घटाउनु पर्ने पोखरेलले बताए ।

यात्राको क्रममा एमाले अध्यक्ष केपी ओलीप्रति वृद्ध, वृद्धा र बालबालिकामा अत्यन्तै आकर्षित रहेको पाइएको पोखरेलले बताए । यात्राको क्रममा जनताले स्वतः स्फूर्त धेरै कार्यक्रम आयोजना गरेको पनि उनले बताए ।

यात्राको क्रममा कतिपय जिल्लामा सर्वदलीय जस्तो बनेको, साझा समस्याहरू धेरै प्रस्तुत भएको बताउँदै सडक र मुआब्जाका विषयहरू धेरै उठेको पोखरेलले बताए ।

यात्राको क्रममा जनताले लगाएको माला जम्मा गर्ने हो भने फूलको पहाड हुनसक्ने अवस्था देखिएको पोखरेलले बताए ।उनले यात्राले पहाडी क्षेत्रको सांस्कृतिक, सामाजिक र अर्थराजनीतिमा नयाँ नयाँ योगदान दिएको उनको भनाइ छ ।

पुष्पलाल राजमार्गमा एमाले सरकार हुँदा स्मार्ट सिटी बनाउने योजनाहरू अलपत्र रहेको बताउँदै मध्य पहाडलाई गुल्जार बनाउन स्मार्ट सिटीहरू बनाउनु आवश्यक भएको पोखरेलले बताए ।

यात्राको क्रममा सुन्तला,स्याउको पकेट क्षेत्र बनाउन सकिने देखिएको, दैलेखको पेट्रोल खानी, नदी डाइभर्सनको काम भइरहेको उनले बताए । कतिपय आयोजनाको काम छिटो हुँदा पनि भुक्तानी रोकिएको उनले बताए ।

कोशी प्रदेशमा विरोधको स्वर सुनिएको बताउँदै उनले पहिचानको नाममा एमाले केन्द्रित विरोध भएको भए पनि जनताको तहमा त्यो खालको विरोध नसुनिएको उनले बताए । पोखरेलले धनकुटामा अध्यक्ष ओलीमाथि भएको गलत प्रयास भए पनि मिडियाले सही सूचना सम्प्रेषण नगरेको बताए ।

उनले एमालेले साझा पहिचानको कुरा गरेको बताउँदै एकल पहिचानको मुद्दा लिएर चुनावमा जानेहरू नै कोशीको पक्षमा आएको बताए । त्यस कारण पहिचानवादीले एमालेसँग गुनासो गर्न आवश्यक नभएको पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस