२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यू-१९ एसिया कपमा पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित

अ+ अ-

काठमाडौँ । एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय ५३ रनको विजयी लक्ष्य विकेट गुमाएर पूरा गरेको हो।

पाकिस्तानले सहज जित हासिल गर्ने क्रममा उसका दुई खेलाडीले अर्धशतकीय इनिङ खेले। पाकिस्तानका लागि अजन अवाइसले ५६ रनको अविजित इनिङ खेल्दा कप्तान सादा बाइगले ५० रनको इनिङ खेलेका थिए। त्यस्तकै मोहम्मद जेसन २० रनमा अविजित रहे। १ रनमानै पहिलो विकेट गुमाएपनि त्यसको मूल्य भने पाकिस्तानले चुकाउनु परेन। नेपालका लागि गुल्सन झाले दुई विकेट लिएका थिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४७.२ ओभरमा अलआउट हुँदै १ सय ५२ रन बनाएको थियो। नेपालका लागि केवल तीन खेलाडीले मात्र दोहोरो स्कोरमा रन बनाएका थिए।

दुबई स्थित आइसिसी एकेडेमी ओभल-२ मा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ रन बनाउँदा ५ खेलाडी गुमाएपनि त्यसपछि उत्तम थापा मगर र दिपेश कँडेलले छैटौँ विकेटका लागि ६८ रनको साझेदारी गर्दै नेपालको इनिङलाई केही समालेका थिए। कँडेल ५९ बलमा ३१ रन बनाएर आउट हुँदा मगरले भने अर्धशतकीय इनिङ खेले। उनले ७६ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गर्दै ५१ रन बनाएका थिए। थप दोहोरो स्कोरका रूपमा ओपनर अर्जुन कुमालको २१ रन रह्यो।

पाकिस्तानका लागि मोहम्मद जेसनले ५ विकेट लिँदा अमिर हसनले २ तथा उबाइड साहले १ तथा अलि अस्फान्दले १ विकेट लिएका थिए।त्यसअघि नेपालका आशा गरिएका सुरुवाती क्रमले भने निराशाजनक प्रदर्शन गरेका थिए। तिलक भण्डारी, आकाश त्रिपाठी, कप्तान देव खनाल, गुल्सन झा लगायतका खेलाडीले भने दोहोरो रनको स्कोर बनाउन सकेनन्।