२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलायतले रुसमाथि लगायो आफ्ना शीर्ष नेताविरुद्ध साइबर जासुसी गरेको आरोप

अ+ अ-

लण्डन । बेलायत सरकारले बिहीबार रुसी सुरक्षा सेवामाथि आफ्ना शीर्ष राजनीतिज्ञ, पत्रकार र गैरसरकारी संस्थाहरूविरुद्ध लगातार साइबर जासुसी अभियानमा संलग्न भएको आरोप लगाएको छ ।

रुसमाथि यसअघि पनि बेलायतको राजनीतिमा हस्तक्षेप गरेको आशङ्का गरिएको छ । विभाजनकारी २०१६ ब्रेक्सिट जनमत सङ्ग्रहमा रुसले हस्तक्षेप गरेको आशङ्का छ । यद्यपि उक्त हस्तक्षेपको अनुसन्धानमा असफल रहेकामा कन्जरभेटिभ सरकारको आलोचना गरिएको छ ।

पछिल्लो दाबीमा बेलायती विदेश मन्त्रालयले रुसको सङ्घीय सुरक्षा सेवा (एफएसबी) बेलायतको राजनीतिक प्रक्रियाहरूमा हस्तक्षेप गर्ने असफल प्रयासको पछाडि थियो भन्दै उक्त मामिलाबारे लन्डनमा रुसका राजदूतलाई बोलाइएको बताएको छ ।

“बेलायतको राजनीतिमा हस्तक्षेप गर्ने रुसका प्रयासहरू सम्पूर्णरूपमा अस्वीकार्य छ र उसले हाम्रो लोकतान्त्रिक प्रक्रियाहरूलाई जोखिममा पार्न खोजेको छ”, बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले एक विज्ञप्तिमा भने, “हामी जिम्मेवार व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएर र आज रुसी राजदूतलाई बोलाएर प्रभाव पार्ने उसको कुत्सित प्रयासहरू उजागर गर्दैछौँ र रुसले विश्वव्यापी मञ्चमा कसरी कामको छनोट गर्छ भनेर उदाहरणका लागि प्रकाश पार्दैछौँ ।”

क्यामरुनको कार्यालयले सेन्टर १८ (एफएसबीभित्रको एकाइ) बेलायतलाई लक्षित गर्ने ‘साइबर जासुसी कार्यहरूको दायरा’ का लागि जिम्मेवार रहेको बताएको छ । एफएसबीले धेरै राजनीतिक दलका सांसदहरूलाई लक्षित गरेको र केही साइबर हमलाका कारण कम्तीमा सन् २०१५ देखि सन् २०२३ सम्म एउटा अपरेसनमा कागजातहरू ९लिक० चुहावट भएको बेलायत सरकारले दाबी गरेको छ ।

विज्ञप्तिमा उक्त सङ्गठनले बेलायत–अमेरिका व्यापार कागजातहरू पनि ह्याक गरेको र यो स्न २०१९ डिसेम्बरमा बेलायतमा आमनिर्वाचन हुनुभन्दा पहिला लिक गरिएको उल्लेख छ ।

दुई रुसी गुप्तचरमाथि कथित स्पियर–फिसिङ अभियान र ‘बेलायतलाई कमजोर पार्ने उद्देश्यका गतिविधि’ को तयारीमा संलग्न भएको भन्दै प्रतिबन्ध लगाइएको विदेश मन्त्रालयले बताएको छ । स्पियर–फिसिङमा एक हमलाकारीले विशिष्ट लक्ष्यहरूलाई ‘संवेदनशील जानकारी साझा गर्न प्रेरित गर्नका लागि’ दुर्भावनापूर्ण लिङ्क पठाउँछ ।

बेलायतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रका अनुसार हमलाकारीले प्राय उसको हमलालाई अझ धेरै प्रभावकारी ढङ्गले तयार गर्नका लागि ‘आफ्नो लक्ष्य वरपर जासुसी गतिविधि’ गर्दछ । तिनीहरू सामान्यतया इमेल, सामाजिक सञ्जाल र व्यावसायिक नेटवर्किङ प्लेटफर्महरूमार्फत लक्ष्यहरूमा पुग्छन्, तिनीहरूले लक्ष्यहरूको वास्तविक–विश्व सम्पर्कको रूप धारण गर्दै सम्मेलन र कार्यक्रमहरूमा झुटा निमन्त्रणा पठाउँछन् र जुम बैठक युआरएल लिङ्कको भेषमा खराब लिङ्क साझेदारी गर्छन् ।