काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैतडीको पाटन नगरपालिका-६ स्थित पाटन बजारमा आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले एक समारोहबिच शाखाको समुद्घाटन गरे ।
नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरूको संख्या २५१ पुगेको छ । बैंकले ३५१ शाखा, ३६९ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरूमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।
यस्तै बैंकले पाटन नगरपालिका ८ खोड्पेमा एटिएम पनि सञ्चालनमा ल्याएको छ ।







