धनकुटा नगरपालिकाले दियो दुई दिन सार्वजनिक बिदा « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

धनकुटा नगरपालिकाले दियो दुई दिन सार्वजनिक बिदा


१० मंसिर २०८०, आइतबार


काठमाडौँ । धनकुटा नगरपालिकाले भोलि र पर्सि नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको छ। आठपहरिया जातिको मुख्य चाड वडाङ्मेटको अवसरमा नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको हो।

मुख्य गरी धनकुटा नगर क्षेत्रमा मात्र बसोबास गर्ने आठपहरिया जातिको प्रमुख चाड भएकाले वडाङ्मेटको अवसरमा ११ र १२ गते सार्वजनिक बिदा दिइएको धनकुटा नगरपालिकाले एक सूचनामार्फत जानकारी गराएको हो ।

बिदामा नगर कार्यपालिकाको कार्यालय, १० वटै वडा कार्यालय, नगर क्षेत्र भित्रका नगर स्तरीय कार्यालय र विद्यालयहरू बन्द हुनेछन्। धनकुटा नगरपालिका क्षेत्रलाई आफ्नो उद्गम स्थल मान्दै आएका आठपहरियाहरुले १५ दिनसम्म धूमधामका साथ वडाङ्मेट पर्व मनाउने गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस