२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटकको रोजाइमा रुप्से झरना

अ+ अ-

रुप्से । साथीहरूसँग मुस्ताङ घुम्न निस्किएका बेनीका गोपाल पौडेलको दस जनाको समूह बिहीबार दिउँसो करिब एक घण्टा म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्से झरना र अन्धगल्छी क्षेत्रमै भुल्यो ।

बेनी-जोमसोम सडकको छेउमै रहेको रुप्से झरनाको सुन्दरताले मुस्ताङ हिँडेकी बेनीकी कमलकुमारी पुर्जालाई पनि लोभ्यायो ।’अग्लो पहाडबाट खस्ने झरनालाई पृष्ठभूमि बनाएर तस्बिर, भिडियो नखिची मुस्ताङ छिर्नै मन लागेन्,’उनले भनिन्, ‘तह तह को पहाडबाट खसेको झरनाको सुन्दरताले मोहनी लगायो ।’

पौडेल र पुर्जा मात्र होइन, मुस्ताङ भ्रमणमा आउने सबै पर्यटकले रुप्से झरनामा घण्टा समय बिताउँछन् । रुप्से झरनामा बिहानदेखि साँझसम्म अवलोकन गर्ने, तस्बिर र भिडियो खिचाउने पर्यटकको भीड लाग्ने गरेको वडा सदस्य लालबहादुर पुनले बताए ।

जिल्ला ट्राफिक कार्यालयका अनुसार रुप्से झरनालाई समेटेको बेनी-जोमसोम सडक भएर औसत दैनिक तीन सय गाडी र मोटरसाइकल आवतजावत गर्दछन् । असोज, कात्तिक, चैत र वैशाख महिनामा यो सडक भएर आवतजावत गर्ने पर्यटकको सङ्ख्या दैनिक एक हजार जनाभन्दा बढी हुने गरेको छ ।

मोटरसाइकल, निजी तथा भाडाका जिप चढेर मुस्ताङ आउने-जाने पर्यटक यस झरनामा गाडी रोकेर पनि केहीबेर प्रकृतिमा रमाउँछन् पुग्छन् । झरनाको नजिकै संसारकै गहिरो अन्धगल्छी पनि छ । धौलागिरि र अन्नपूूर्ण हिमालको बीच भएर बग्ने कालीगण्डकीले बनाएको अन्धगल्छीको खोँचलाई विश्वकै गहिरो मानिएको छ ।

तीन वर्षअघिको बाढी र पहिराले रुप्से झरना नजिकका पर्यटकीय पूर्वाधार बगाएको थियो । बाढीले क्षति गरेर झरना र अन्धगल्छी वरपरको सुन्दरतामा असर गरे पनि पर्यटक भने घटेका छैनन् । झरनाको नजिकै हालै बेलिब्रिज निर्माण गरिएको छ । पहिरो पन्छाएर सडक फराकिलो बनाएपछि जिप तथा मोटरसाइकल पार्किङ गर्न सहज भएको छ । ठुला गाडीमा आउने पर्यटकलाई अटाउन व्यवस्थित पार्किङको आवश्यकता छ ।

रुप्से झरना र अन्धगल्छी पर्यटकीय महत्वको भए पनि यसबाट स्थानीयवासीले उचित लाभ लिन सकेका छैनन् । व्यवस्थित पार्किङ, सार्वजनिक शौचालय, चिया तथा खाजा पसल सञ्चालन गरेर त्यसबाट रोजगारी सिर्जना गर्न र स्थानीय तहको आयस्रोत वृद्धि गर्न सक्ने सम्भावना छ ।

झरना र गल्छीसम्म पुग्न व्यवस्थित पदमार्ग, तस्बिर, भिडियो खिच्ने सुरक्षित ठाउँ बनाउनुपर्ने काठमाडौँबाट आएकी रविना थापाले बताए । विसं १९७५ मा ७५ पैसाको हुलाकी टिकटमा रुप्से झरनाको फोटो टाँसिए पनि अहिले उक्त टिकट प्रचलनमा छैन । झरनामा कान्छा भूमेदेवताको बासस्थान रहेको विश्वासले हरेक वर्षको जेठ महिनामा स्थानीयवासीले बोका बलि चढाउने गर्छन् ।

झरनालाई धार्मिक गन्तव्य पनि बनाउन सकिने सम्भावना छ । अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले सङ्घीय सरकारबाट चालु आर्थिक वर्षका लागि प्राप्त रु. ८० लाख अनुदानबाट रुप्से झरना र अन्धगल्छीलाई व्यवस्थित गर्न पूर्वाधार निर्माण गर्न लागिएको बताए ।

प्रतिक्रिया दिनुहोस