२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एचआइभी संक्रमितको संख्या घट्दै

अ+ अ-

बनियानी । झापामा एचआइभी संक्रमितको संख्या वर्षेनी घट्दै गएको छ ।

जिल्लामा २०७३ मा १६ जना एचआइभी संक्रमित भेटिएका थिए । वि.सं. २०७२ मा ४३ जना एचआइभी संक्रमित फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार गत वर्ष तीन हजार ९९ पुरुष र एक हजार १०५ महिलाको रगत परीक्षण गर्दा आठजना पुरुष र आठजना महिलामा संक्रमण देखिएको हो । गत वर्ष एकजना एचआइभी संक्रमितको मृत्यु भएको थियो ।

त्यस्तै, २०७० सालमा ५५ जना, २०७१ मा ६७ जना, २०७२ मा ५८ जना एचआइभी संक्रमित फेला परेको कार्यालयले जनाएको छ । जिल्लामा २०७० देखि २०७४ सम्म १८४ एचआइभी संक्रमित फेला परेका छन् । संक्रमितमध्ये पुरुष १०३ जना र महिला ८१ जना रहेका छन् । सोही अवधिमा चारजना महिला र छजना पुरुष संक्रमितको मृत्यु भएको थियो ।

हाल जिल्लामा ४६१ जना एचआइभी संक्रमित रहेको कार्यक्रम अधिकृत पौडेलले बताए । पुरुष २५५ जना र महिला २०६ जना महिला रहेका छन् । तीमध्ये ४५७ जनाले नियमित औषधि (एआरटी) सेवन गरिरहेका छन् । प्रसूति सेवाको सुविधा भएका सबै स्वास्थ्य संस्थाबाट निःशुल्क परीक्षण गरिँदै आएको छ ।

‘स्वास्थ्य संस्थामा आउने रहेक गर्भवतीको एचआइभी परीक्षण गरिँदै आएको छ’ पौडेलले भने । गत वर्ष तीन हजार २१९ जना गर्भवतीको एचआइभी परीक्षण गरिएको थियो । जिल्लामा डाइमण्ड सोसाइटी, सहारा नेपाल, आम्दा नेपाल, लभकुस आसाम, नाइटचेस क्लब, जनस्वास्थ्य कार्यालयले एचआइभीसम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । रासस

0 Comments