काठमाडौँ । नेपालले टी-२० विश्वकपमा स्थान बनाएपछि विदेशी क्रिकेटरले पनि खुशी व्यक्त गरेका छन् ।
पाकिस्तानका विकेट/किपर ब्याट्सम्यान मोहम्मद रिजवानले विश्वकपमा छनोट भएकोमा खुशी व्यक्त गरेका हुन् ।
अहिले भारतमा विश्वकप खेलिरहेका रिजवानले सामाजिक सञ्जालमार्फत नेपाली टीमलाई बधाई दिएका छन् ।
उनी लेख्छन्, ‘टीम नेपाललाई बधाई छ । तिमीहरू वास्तवमै विश्वकप २०२४ का लागि हकदार थियौ । अब विश्वकपमा भेटौँला ।’
रिजवानको यो पोस्टमा सयौँ नेपालीहरूले कमेन्ट गर्दै धन्यवाद दिएका छन् ।
रिजवान नेपाली क्रिकेट र क्रिकेटरलाई असाध्यै माया गर्ने पाकिस्तानी खेलाडी हुन् । नेपाल एसिया कप खेल्न पाकिस्तान जाँदा उनले नेपाली खेलाडीहरूलाई होटेलमै गएर भेटेका थिए । उनी सन्दीप लामिछाने थुनामुक्त भएपछि उनलाई भेट्न नेपालसम्मै आएका थिए ।