२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन्दीप लामिछानेले टी-२० विश्वकप क्वालिफायर खेल्ने

अ+ अ-

काठमाडौँ । नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले घरेलु मैदानमा हुने टी-२० विश्वकप छनोट प्रतियोगिता खेल्ने मनस्थिति बनाएका छन् । हाल जारी त्रिकोणात्मक टी-२० सिरिजमा अनुपस्थित सन्दीप नेपालका लागि महत्त्वपूर्ण प्रतियोगितामा उपलब्ध हुने भएका हुन् ।

अदालतमा जारी मुद्दाको फैसलामा ढिलाइ हुँदा तनावमा रहेका सन्दीपले त्रिकोणात्मक शृङ्खला नखेल्ने निर्णय लिएका थिए । प्रतियोगिताअघि उनले परिवारसँग समय बिताउन चाहेको भन्दै राष्ट्रिय टिमबाट नाम फिर्ता लिएको घोषणा गरेका थिए । सन्दीपको अनुपस्थितमा त्रिकोणात्मक सिरिजमा नेपालको स्पिन आक्रमण केही फितलो बनिरहेको छ ।

क्रिकेटप्रेमी दर्शक एवं शुभचिन्तकको चाहनामा सन्दीप विश्वकप क्वालिफायर खेल्न तयार बनेको निकट स्रोतले बताएको छ । नेपालको टिमबाट अलग भएपछि घुमघाममा हिँडेका उनी अहिले काठमाडौं फर्किसकेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले विश्वकप छनोटका लागि टिम घोषणा गर्न बाँकी छ । अब घोषणा हुने स्वक्वाडमा सम्भवतः सन्दीपले कम ब्याक गर्नेछन् ।

भोलि नेपालले युएईसँग त्रिकोणात्मक सिरिजको फाइनल खेल्दैछ । त्यसलगत्तै क्यानले क्वालिफायरका लागि टिम घोषणा गर्ने बुझिएको छ । सन्दीप अहिले क्यानको सम्पर्कमा नै छन् ।

यता, काठमाडौं जिल्ला अदालतमा विचाराधीन सन्दीपको मुद्दाको आगामी पेशी कार्तिक २३ गतेलाई तोकिएको छ । त्योभन्दा अगाडि नै विश्वकप छनोट प्रतियोगिता सम्पन्न भइसक्ने भएकाले सन्दीपको खेल प्रभावित हुनेछैन ।

टी(२० विश्वकपको आगामी संस्करण २०२४ को जूनमा अमेरिका र वेस्ट इन्डिजमा हुने भएको छ । त्यसका लागि एसिया क्षेत्रको छनोट प्रतियोगिता नेपालमा यही अक्टोबर ३० ९सोमबार०बाट हुँदैछ । मूलपानी र कीर्तिपुर मैदानमा हुने खेलहरूमा नेपालसहित आठ वटा देशले भाग लिनेछन् । ८ टिमलाई दुई समूहमा राखेर खेलाइने छ भने दुवै समूहका शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनलमा पुग्ने दुई टिम विश्वकपका लागि छनोट हुनेछन् ।

नेपालको समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया रहेका छन् । समूह ‘बी’मा युएई, हङकङ, कुवेत र बहराइन रहेका छन् । समूह ‘ए’बाट नेपाल र ओमान तथा समूह ‘बी’बाट युएई र हङकङ सेमिफाइनलका दाबेदार हुन् । नेपाल उपाधिको दावेदारसमेत हो । नेपालले आफ्ना सबै खेलहरू कीर्तिपुर मैदानमा खेल्नेछ । नेपालको पहिलो म्याच सोमबार सिंगापुरविरुद्ध छ ।

प्रतिक्रिया दिनुहोस