२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठबन्धन टुटाउन अनेक कसरत भइरहेका छन् : प्रधानमन्त्री

अ+ अ-

काठमाडैँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन टुटाएर सरकार ढाल्न अनेक कसरत भइरहेको बताएका छन् । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ६ मग्मामा बिहीबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले यस्तो दाबी गरेका हुन् ।

कसले त्यस्तो षडयन्त्र गरिरहेको छ भन्ने उल्लेख नगरी प्रधानमन्त्री दाहालले अनेकन षड्यन्त्र चिरेर सरकारअघि बढ्ने पनि बताए । उनले काँग्रेससँगको गठबन्धन र सरकारले पाँच वर्ष पूरा गर्ने विश्वास समेत दिलाए ।

बाँफिकोट ६ मा आयोजित सहिद स्मृति मेलाको उद्घाटन गर्दै उनले आफ्नो नेतृत्वमा भ्रष्टाचारविरुद्धको अभियान जोडतोडका साथ अघि बढेको पनि प्रधानमन्त्री दाहालको भनाइ थियो । ‘अहिले अघि बढाइएको भ्रष्टाचार विरोधी अभियान कुनैपनि हालतमा रोकिन्न, ’उनले भने, ’अरू पनि थुप्रै विषय छन् । सबै फाइल खोलिन्छ र कारबाही अघि बढाइन्छ । ढुक्क हुनुस् ।’

त्यस्तै प्रधानमन्त्री दाहालले आफूले नै ‘प्रचण्ड’पथ त्यागेको स्वीकार गर्दै यसपछि माओवादी टुटफुटको अवस्थामा पुगेकोमा दुःख व्यक्त गरे । ‘अब व्यापक रूपमा विचारको बहस गरिनेछ । अनि पार्टीलाई नयाँ शिराबाट अघि बढाइनेछ, ’उनले भने, ‘अब सबै माओवादी एकीकृत भएर अघि बढ्नुको विकल्प छैन ।’

माओवादी केन्द्रले थालेको ३ महिने ‘विशेष रूपान्तरण अभियान’ अन्तरगत बाँफिकोट ६ र ७ को संयुक्त बैठकमा समेत दाहाल सहभागी भएका थिए । उनीसँगै कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा र माओवादी केन्द्रका उपमहासचिवद्वय जनार्दन शर्मा र मातृका यादव पनि बिहीबार रुकुम पश्चिम पुगेका थिए ।

मन्तव्यका क्रममा प्रधानमन्त्री दाहालले यहाँबाट फर्केलगत्तै रुकुमको पक्षमा मन्त्रिपरिषद्‌बाट विशेष निर्णय गर्नेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस