२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायलमा ज्यान गुमाएका चार विद्यार्थीको शव आइतबार नेपाल ल्याइने 

अ+ अ-

काठमाडौँ । इजरायलमा हमास समूहको आक्रमणमा ज्यान गुमाएका चार जना नेपाली विद्यार्थीको शव आइतबार बिहान काठमाडौं ल्याइने भएको छ ।

तेल अबिबस्थित नेपाली दूतावासले पहिचान भएका चार विद्यार्थीको शव शनिबार नेपाल पठाउने जानकारी र ती शवहरु आइतबार बिहान नेपाल आइपुग्ने जानकारी दिएको छ ।

हमास समूहको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये सम्पूर्ण कानुनी प्रक्रिया पूरा भएका ४ विद्यार्थीको शव भोलि दिउँसोको १ः२५ बजे फ्लाइदुबईको उडानबाट नेपाल पठाउन लागिएको र शव कार्तिक ५ गते, आइतबार बिहान काठमाडौँ पुग्ने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दूतावासका अनुसार इजरायलबाट फ्लाइदुबईको उडान नं एफजेड१२१० मार्फत दुबईसम्म तथा तत्पश्चात् फ्लाइदुबईकै उडान नं एफजेड८३५१ मार्फत काठमाडौँसम्म पुग्ने गरी व्यवस्था मिलाइएको छ।

अन्य शव पहिचानको काम क्रमशः भइरहेको दूतावासले स्पष्ट पारेको छ ।

साथै, सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी कार्यमा दूतावासले आफ्नो प्रयास केन्द्रित गरिरहेको पनि दूतावासले उल्लेख गरेको छ ।

प्यालेस्टायनी लडाकु समूह हमासको आक्रमणमा परेर ज्यान गुमाएकामध्ये ५ जनाको शव इजरायली सरकारले असोज २८ गते नेपाललाई हस्तान्तरण गरेको थियो ।

नारायणप्रसाद न्यौपाने, लोकेन्द्र सिंह धामी, गणेश कुमार नेपाली, दिपेशराज विष्ट र आशिष चौधरीको शव प्राप्त भएको राजदूतावासले जनाएको छ । उनीहरूमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज विष्ट र आशिष चौधरीको शव ल्याउन लागिएको हो ।