३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेमौसमी वर्षाले फापर खेती नष्ट

अ+ अ-

ढोरपाटन । सोमबार साँझ परेको असिनासहितको बेमौसमी वर्षाले फापर बाली र तरकारी नष्ट गरिदिएको छ ।

ढोरपाटन नगरपालिका-४ खुङ्खा, लुकुरवन र धिरी क्षेत्रका किसानले लगाएको फापरबाली र तरकारी नष्ट गरिदिएको हो । वर्षासँगै आएको असिनाले १५ मिनेटमै किसानले लगाएको बाली नष्ट गरिदिएको स्थानीय दिलीप बुढाथोकीले गुनासो गरे । उच्च पहाडी क्षेत्र रहेको हुँदा खुङ्गाका किसानले फापर, सिलाम, तोरी, ठूलोकरेला लगाउने गरेको उनको भनाइ छ ।

उनका अनुसार यहाँ लगाएको सयौँ रोपनी क्षेत्रफलको फापर बालीमा असिनापानीले क्षति पुर्‍याएको छ । भर्खर दाना लाग्न लागेको फापर असिनाले झारिदिएपछि कृषक चिन्तित बनेका छन् । असिनाले तरकारीका बिरुवा ढलाइदिएको भन्दै फल लाग्न थालेका अन्य फलफूलमा पनि क्षति पुर्‍याएको बुढाथोकी बताउँछन् ।

उनले भने, “गाउँमा धेरैजसो किसानले फापर खेती गर्ने गर्छन्, उत्पादन पनि राम्रो हुने गर्थ्यो, तर असिनाले सबै सखाप बनाइदियो, तरकारी पनि केही बाँकी राखेको छैन, बारीभरि तोरी, तकारी र फापर सबै भुइँभरि ढलेको छ, कात्तिकमा भित्र्याउने फापर कामै नलाग्ने भएको छ, अलिअलि लागेका गेडा पनि भुइँभरि झरेका छन्, तोरी भर्खर उम्रिएको थियो, त्यो पनि काम नलाग्ने बनेको छ ।”

हावाहुरीसहितको वर्षाले बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट र निसीखोलाको विभिन्न स्थानमा लगाइएको धान बालीमा पनि क्षति पुर्‍याएको छ । बागलुङ नगरपालिका–३ खहरेमा पाक्न लागेको धानबाली ढलेर भुइँभरि भएको स्थानीय सरोज कार्कीले बताए। केही दिन अगाडि आएको हावाहुरीले केही ठाउँमा ढले पनि सोमबार साँझको पानीले ठूलो क्षति पुर्‍याएको उनको भनाइ छ ।

कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश सिलवालले यो बेलाको वर्षाले धान, कादो, भटमासलगायतका बालीमा क्षति पुर्‍याउने गरेको बताए । किसानले जिल्लाको विभिन्न स्थानबाट धान ढलेको गुनासो गरेको भन्दै क्षति भएको तथ्याङ्क लिएर राहतका लागि कृषि मन्त्रालयमा सिफारिस गर्ने जानकारी दिए । यो समय धानबाली भित्र्याउने भएको हुँदा किसानले मौसम हेरेर मात्रै धान काट्नुपर्ने प्रमुख सिलवालले बताए । यो याममा पानी मात्रै परे कुनै पनि बालीलाई क्षति नगर्ने जनाउँदै हावाहुरी र असिना परे खाद्य बाली, तरकारी र फलफूलमा क्षति पुर्‍याउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस