२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसलाई माओवादीकरण र एमालेकरण हुन नदिने गगन थापाको दाबी 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेसलाई माओवादीकरण र एमालेकरण हुन नदिइने बताएका छन्।

शुक्रबार नेपाली काँग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै महामन्त्री थापाले काँग्रेसलाई काँग्रेसजस्तै बनाइने दाबी गरे।

कोशी प्रदेशमा विकसित राजनीतिक घटनाक्रमतर्फ संकेत गर्दै थापाले काँग्रेसलाई एमाले वा माओवादीकरण हुन नदिइने बताएका हुन्।

कोशीमा सत्ता गठबन्धनका तर्फबाट माओवादीका इन्द्र आङ्बोले र काँग्रेसबाट नेता शेखर कोइरालानिकट केदार कार्कीले एमालेसहितको समर्थनमा मुख्यमन्त्रीमा बिहीबार दाबी पेश गरेका थिए।

थापाले काँग्रेसलाई विगतको जस्तो बलियो बनाइने बताएका छन्।

‘काँग्रेस पार्टीलाई माओवादीकरण हुन नदिने, एमालेकरण हुन पनि नदिने र काँग्रेसको राप्रपाकरण हुन पनि नदिने हो,’ महामन्त्री थापाले भने, ‘काँग्रेसलाई काँग्रेसजस्तै बनाउने हो, यसको छवि उज्यालो बनाउँदै नयाँ पुस्तालाई भरोसा दिन सक्ने बनाउँछौँ।’

उनले आफूलाई केन्द्रमा राखेर राजनीति नगरिएको पनि बताएका थिए।

उनले २०८२ सालमा हुने पार्टीको १५ औँ महाधिवेशनसम्म काँग्रेसलाई काँग्रेसजस्तै बनाइने बताए।

आफूमाथि कहिलेकाहीँ पार्टीभित्रै घेराबन्दी हुने गरेको उनले बताए।

प्रतिक्रिया दिनुहोस