इजरायलमा मृत्यु भएका विद्यार्थीका परिवारलाई तीन लाख दिने कर्णाली सरकारको घोषणा « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

इजरायलमा मृत्यु भएका विद्यार्थीका परिवारलाई तीन लाख दिने कर्णाली सरकारको घोषणा


२४ आश्विन २०८०, बुधबार


काठमाडौँ । हमास समूहको आक्रमणबाट इजरायलमा मृत्यु भएका विद्यार्थीका परिवारलाई कर्णाली प्रदेश सरकारले राहत स्वरूप तीन लाख रुपैयाँ दिने भएको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलमा मृत्यु भएका विद्यार्थीका परिवारलाई कर्णाली प्रदेश सरकारले तीन लाख रुपैयाँ दिने घोषणा गरेको हो।

कर्णाली प्रदेशबाट सल्यानका प्रवेश भण्डारीको इजरायलमा मृत्यु भएको थियो। हमासको आक्रमणबाट १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। एक जना विद्यार्थी अझै बेपत्ता छन्।

Tags :
प्रतिक्रिया दिनुहोस